पप गायिका टेलर स्विफ्टप्रति ट्रम्प किन आक्रोशित ?
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक पप गायिका टेलर स्विफ्टप्रति आक्रोश व्यक्त गरेका छन् । हालै सामाजिक सञ्जालमा एक पोस्टमा उनले गायिकाको लोकप्रियता घट्दै गएको कुरा गरेका थिए । ट्रम्पले सार्वजनिक रूपमा टेलर स्विफ्टसँगको आफ्नो असन्तुष्टिको कारण पनि बताए ।
ट्रम्पले शुक्रबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा ट्रुथ सोसलमा पोस्ट गर्दै लेखेका छन्, ‘जबदेखि मैले म टेलर स्विफ्टलाई घृणा गर्छु भने त्यति बेलादेखि उनी हट रहिनन् । के कसैले यो कुरामा ध्यान दिएको छ ?’ यो टिप्पणी ट्रम्प मध्य पूर्वमा विदेश भ्रमणमा रहेको समयमा आएको थियो । आफूमाथि ट्रम्पको यस्तो टिप्पणीपछि स्वीफ्टले केही पनि बोलेकी छैनन् ।
स्विफ्टले २०२४ को राष्ट्रपति चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेकी थिइन् । चुनावको समयमा स्विफ्टले डेमोक्र्याटिक पार्टीकी उम्मेदवार ह्यारिसलाई समर्थन गरेपछि यो विवादको विषय बनेको थियो ।
त्यतिबेला, ट्रम्पले आफ्नो समर्थनलाई महत्वहीन भन्दै खारेज गरेका थिए । यसपछि उनले सामाजिक सञ्जालमा आफूले टेलर स्विफ्टलाई घृणा गर्ने बताए । उनले गायक ब्रुस स्प्रिंगस्टीनलाई पनि निशाना बनाएका थिए । स्प्रिंगस्टीनले पनि चुनावमा खुलेर ह्यारिसलाई समर्थन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण