सुपारी आयात हुँदा २५ अर्ब बराबर राजस्व संकलन भइरहेकाे छ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सुपारी आयात हुँदा २५ अर्ब बराबर राजस्व संकलन हुने दाबी गरेका छन् ।
आइतबार राष्ट्रिय सभा अन्तर्गत आर्थिक मामिला तथा सशासन समितिमा बोल्दै ठुलो परिमाणमा राजस्व संकलन हुनेभएकाले कानुन सशोधन गरेर आयात अनुमति दिइएको बताए ।
’सुपारी बढी चर्चामा आयो । थुप्रै फाईल लिएर आएको छु,सर्वाेच्च अदालतको फैसला, लगायत,’ उनले दिक्दारी हुँदै भने,’कुन समितिको निर्णय सरकारले मान्ने? अन्यौलमा छ मन्त्रालय । फरक –फरक समितिले फरक निर्णय गरेको छ ।’
२५ अर्बको आसपासमा राजस्व आउने दावी गरे । कच्चापदार्थको रुपमा आउँछ । ’कानुन बनाएर व्यापारिक प्रयोजनका लागि नभएर औद्योगिक प्रयोजनका लागि मात्रै ल्याउन दिएका छौँ,’ मन्त्री भण्डारीले भने,’कहिले सुपारीको डिएनए परीक्षण गर्नुपर्छ भन्ने निर्देशन दियो तर डीएनए परीक्षण नार्कले गर्ने हो उसले सकिँदैन भन्यो ।भन्सार विन्दुमा चेकजाँच होला नि ।’
जसका कारण स्वदेशी उत्पादन सुपारी निर्यात गरन नसकेको तर्क गरे । डीएनए परीक्षण गर्न सम्भव नभएको र यो कुराले किसान लामो समयदेखि हैरान भएको उनको भनाइ थियो । साथै समितिका सभापति कमला पन्तले नार्कले सुपारीको डीएनए परीक्षण गर्न सक्ने जानकारी दिइएको दाबी गरिन् ।
’नार्कको पदाधिकारीले सुपारीको डीएनए परीक्षण गर्न सक्छौँ भन्नुभएको छ । सुपारी नेपालको उत्पादन हो कि होईन भन्ने विषयमा परीक्ण गरिनुपर्छ ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता