महिला टी–२० विश्वकप छनोट : टस जितेर पहिले बलिङ गर्ने नेपालको निर्णय
सारांश
- नेपालले आईसीसी महिला टी-२० विश्वकप छनोटको सुपर-३ चरणमा यूएईसँग प्रतिस्पर्धा गर्दैछ, खेल बिहान ८:४५ बजे सुरु हुनेछ।
- नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ, सुपर-३ चरणमा नेपालसहित यूएई र थाइल्यान्ड रहेका छन्।
- सुपर-३ चरणका शीर्ष दुई टोली महिला टी-२० विश्वकपको विश्वस्तरीय छनोटमा पुग्नेछन्, जहाँ १० टोली सहभागी हुनेछन्।
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सुपर–३ चरणमा नेपालले आफ्नो पहिलो खेल सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्दैछ । खेल बिहान ०८ः४५ बजे सुरु हुनेछ ।
खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । सुपर–३ चरणमा खेल्न लागिएको यो दोस्रो खेल हो । यसअघि आइतबार खेलिएको खेलमा आयोजक थाइल्यान्डले यूएईलाई ५४ रनले हराएको थियो । नेपाली टोली समूह ‘सी’ को विजेता बन्दै प्रतियोगिताको सुपर–३ चरणमा पुगेको हो ।
यसैगरी, यूएई समूह ‘बी’ को विजेता र थाइल्यान्ड समूह ‘ए’ को विजेता बन्दै सुपर–३ चरणमा प्रवेश गरेका हुन् । सुपर–३ चरणमा नेपालले आफ्नो दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ । सुपर–३ चरणमा तीनवटै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् ।
सुपर–३ चरणको खेलपछि अंक तालिकाको माथिल्लो दुई स्थानमा रहने टोली आगामी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा प्रवेश गर्नेछन् । विश्वस्तरीय छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।
हालसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने तीन टोलीको मात्र टुंगो लागेको छ । बंगलादेश, स्कटल्यान्ड र अमेरिकाले विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाइसकेका छन् । बाँकी सात टोलीको भने टुंगो लाग्न बाँकी छ ।
विश्वस्तरीय छनोट प्रतियोगिताका लागि अब एसियाबाट दुई, युरोपबाट दुई, अफ्रिकाबाट दुई र पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट एक टोलीको टुंगो लाग्न बाँकी छ । विश्वस्तरीय छनोट प्रतियोगिताबाट चार टोलीले सन् २०२६ मा आयोजना हुने महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण