रोमानियाको चुनावमा ईयू समर्थक उम्मेदवार विजयी
सारांश
- रोमानियाको राष्ट्रपतीय निर्वाचनमा युरोपेली संघ समर्थक उम्मेदवार निकुसर डान विजयी भएका छन्, जसले अति दक्षिणपन्थी नेता जर्ज सिमोनलाई पराजित गरे।
- पहिलो चरणमा अग्रता लिएका सिमोनलाई रुस समर्थक मानिन्छ, उनको हारले रोमानियाको विदेश नीतिमा परिवर्तन आउने सम्भावनालाई टारेको छ।
- निर्वाचनमा डानले ५४.३२% मत प्राप्त गरे, जबकि सिमोनले ४५% मत मात्रै प्राप्त गरे, यसलाई रुसका लागि धक्काको रूपमा हेरिएको छ।
बुखारेष्ट । रोमानियाको चुनावमा युरोपेली संघ (ईयू) समर्थक उम्मेदवार निकुसर डानले दोस्रो चरणको मतदानमा जित हासिल गरेका छन् । यसैबीच, अति दक्षिणपन्थी नेता जर्ज सिमोनले पराजयको सामना गर्नु परेको छ ।
पहिलो चरणको मतदानमा जर्ज सिमियन सबैभन्दा अगाडि थिए । यस्तोमा रोमानियाको विदेश नीतिमा ठुलो परिवर्तन देख्न सकिन्छ भन्ने चर्चा सुरु भएको थियो । सिमोनलाई रुस समर्थक नेता मानिन्छ । रोमानिया नेटोको सदस्य हो । यस्तो अवस्थामा, यदि सिमियनले जितेको भए, रोमानिया रुसतर्फ झुकाव राख्न सक्थ्यो ।
रोमानियामा मे १८ मा दोस्रो चरणको मतदान भएको थियो । १ करोड १० लाख मतमध्ये करिब १ करोड मत गणना भइसकेको छ र त्यस अनुसार निकुसार दान ५४ दशमलव ३२ प्रतिशत मतका साथ अगाडि छन् । उता, जर्ज सिमोनले ४५ प्रतिशत मात्रै मत पाएका छन् ।
निकुसार डानको जितलाई रुसका लागि धक्का मानिएको छ । पहिलो चरणको मतदानमा अति दक्षिणपन्थी नेता जर्ज सिमोनले अगाडि थिए भने बुखारेस्टका मेयर निकुसर डान दोस्रो स्थानमा थिए ।
रोचक कुरा त के छ भने सत्तारुढ गठबन्धनका संयुक्त उम्मेदवार क्रिन एन्टोनेस्कुले तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका छन् । केही महिनाअघि रोमानियामा मतदान भएको थियो । तर उक्त चुनावमा रुसी हस्तक्षेपको आरोप लागेपछि रोमानियाको सर्वोच्च अदालतले त्यसलाई रद्द गरिदियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण