सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

विस्थापित सिरियालीहरू अनिश्चितताको बीचमा घर फर्किए

सोमबार, ०५ जेठ २०८२, १० : ०९
सोमबार, ०५ जेठ २०८२

समाचार सारांश

  • सिरियाको इडलिब प्रान्तमा रहेका सिरियाली परिवारहरू हामा प्रान्तको आफ्नो गृहनगर फर्कन थालेका छन्।
  • १ सय परिवारले काह शरणार्थी शिविर छोडे, जहाँ उनीहरू दश वर्षभन्दा बढी समयदेखि आश्रय लिइरहेका थिए।
  • घर फर्किएका परिवारले विनाश, विद्यालय र क्लिनिकको अभाव, र सीमित पानी र बिजुलीको पहुँच जस्ता कठिनाइहरूको सामना गरिरहेका छन्।

काठमाडौँ । सिरियाको इडलिब प्रान्तमा अवस्थित काह गाउँमा दर्जनौं सिरियाली परिवारहरू आफ्ना केही सामानहरू ट्रक र पिकअपहरूमा प्याक गर्न व्यस्त थिए ।

 तिनीहरू दश वर्षभन्दा बढी समयदेखि आश्रयस्थल रहेको ली अजलिना विस्थापन शिविर छोडेर हामा प्रान्तको आफ्नो गृहनगर ट्रेमसेह फर्कने तयारी गरिरहेका थिए । 

शुक्रवार १ सय परिवारहरू ठूलो काह शरणार्थी शिविरबाट निस्किए । जुन क्षेत्रको प्रमुख आन्तरिक विस्थापन शिविर थियो । पहिले ४ सय परिवारको घर भएको शिविरमा गत महिना दुई ठूला समूहहरू छोडेपछि अब लगभग ३० जना मात्र छन् । 


उनीहरूको फिर्ती मानवीय प्रयासहरूमार्फत सम्भव भएको थियो । जसले उनीहरूको मूल गाउँहरूमा निःशुल्क यातायात प्रदान ग¥यो । घर फर्कने खुशीको बावजुद परिवारहरूले धेरै कठिनाइहरूको सामना गरेका छन् । उनीहरूको गृहनगरमा ठूलो मात्रामा लडाईं शान्त भएको छ । तर व्यापक विनाश भएको छ । त्यहाँ कुनैपनि विद्यालय वा चिकित्सा क्लिनिकहरू कार्यरत छैनन् । सफा पानी र बिजुलीको पहुँच सिमित छ । 


पालहरुमा धेरै दुःख भोगेको र आफूहरुका लागि त्यो धेरै पीडा रहेको उनीहरुको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप