विस्थापित सिरियालीहरू अनिश्चितताको बीचमा घर फर्किए
सारांश
- सिरियाको इडलिब प्रान्तमा रहेका सिरियाली परिवारहरू हामा प्रान्तको आफ्नो गृहनगर फर्कन थालेका छन्।
- १ सय परिवारले काह शरणार्थी शिविर छोडे, जहाँ उनीहरू दश वर्षभन्दा बढी समयदेखि आश्रय लिइरहेका थिए।
- घर फर्किएका परिवारले विनाश, विद्यालय र क्लिनिकको अभाव, र सीमित पानी र बिजुलीको पहुँच जस्ता कठिनाइहरूको सामना गरिरहेका छन्।
काठमाडौँ । सिरियाको इडलिब प्रान्तमा अवस्थित काह गाउँमा दर्जनौं सिरियाली परिवारहरू आफ्ना केही सामानहरू ट्रक र पिकअपहरूमा प्याक गर्न व्यस्त थिए ।
तिनीहरू दश वर्षभन्दा बढी समयदेखि आश्रयस्थल रहेको ली अजलिना विस्थापन शिविर छोडेर हामा प्रान्तको आफ्नो गृहनगर ट्रेमसेह फर्कने तयारी गरिरहेका थिए ।
शुक्रवार १ सय परिवारहरू ठूलो काह शरणार्थी शिविरबाट निस्किए । जुन क्षेत्रको प्रमुख आन्तरिक विस्थापन शिविर थियो । पहिले ४ सय परिवारको घर भएको शिविरमा गत महिना दुई ठूला समूहहरू छोडेपछि अब लगभग ३० जना मात्र छन् ।
उनीहरूको फिर्ती मानवीय प्रयासहरूमार्फत सम्भव भएको थियो । जसले उनीहरूको मूल गाउँहरूमा निःशुल्क यातायात प्रदान ग¥यो । घर फर्कने खुशीको बावजुद परिवारहरूले धेरै कठिनाइहरूको सामना गरेका छन् । उनीहरूको गृहनगरमा ठूलो मात्रामा लडाईं शान्त भएको छ । तर व्यापक विनाश भएको छ । त्यहाँ कुनैपनि विद्यालय वा चिकित्सा क्लिनिकहरू कार्यरत छैनन् । सफा पानी र बिजुलीको पहुँच सिमित छ ।
पालहरुमा धेरै दुःख भोगेको र आफूहरुका लागि त्यो धेरै पीडा रहेको उनीहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण