अपडेट
मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नरबारे निर्णय हुनसक्ने
सोमबार, ०५ जेठ २०८२, १० : २४
सारांश
- आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ। बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको छ ।
- अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ ।
- कांग्रेस र एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएको बुझिएको छ, जसले गर्दा उनको नाम सिफारिस हुने सम्भावना छ ।
काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।
सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने भनिए पनि स्थानबारे केही नभनिएको एक मन्त्रीले जानकारी दिए ।
आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना प्रबल रहेको बताइएको छ ।
मन्त्रिपरिषद् बैठक अघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक बस्ने छ । समितिले गभर्नरमा तीन जनाको नाम सिफारिस गर्नेछ ।
कांग्रेस र एमालेबिच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भइसकेकाले समितिको बैठक बसेर उनीसहित अन्य दुई जनाको नाम सिफारिस गर्ने तयारी भइरहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण