महिला फुटबल खेलाडी साम्बाको सम्मानमा नामकरण भयो ‘साम्बाचोक’
सोमबार, ०५ जेठ २०८२, १३ : ५८
काठमाडौँ । महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) को सम्मानमा चोकको नामकरण भएको छ ।
नेपाल एपीएफ क्लबकी खेलाडी समेत रहेकी उनको सम्मानार्थ लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदिबजार चोकमा निर्माण गरिएको ‘साम्बा स्तम्भ’ निर्माणसहित चोकको नाम साम्बाचोक नामकरण गरिएको हो ।
उक्त स्तम्भको सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सोमबार उद्घाटन गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमा समेत चर्चित फुटबल खेलाडी बन्न पुगेकी साम्बा हाल फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लव एना भान गेङगाङ्पमा आबद्ध छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण