महिला फुटबल खेलाडी साम्बाको सम्मानमा नामकरण भयो ‘साम्बाचोक’
सोमबार, ०५ जेठ २०८२, १३ : ५८

काठमाडौँ । महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) को सम्मानमा चोकको नामकरण भएको छ ।
नेपाल एपीएफ क्लबकी खेलाडी समेत रहेकी उनको सम्मानार्थ लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदिबजार चोकमा निर्माण गरिएको ‘साम्बा स्तम्भ’ निर्माणसहित चोकको नाम साम्बाचोक नामकरण गरिएको हो ।
उक्त स्तम्भको सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सोमबार उद्घाटन गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमा समेत चर्चित फुटबल खेलाडी बन्न पुगेकी साम्बा हाल फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लव एना भान गेङगाङ्पमा आबद्ध छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले भने, ‘कांग्रेसभित्र अहिले उकुसमुकुस छ’
-
सर्लाहीमा बसले म्याजिक भ्यानलाई ठक्कर दिँदा २२ वर्षीय युवतीको मृत्यु, ८ जना घाइते
-
शक्तिको दुरूपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य
-
गभर्नरको रस्साकस्सीबिच मन्त्रिपरिषद् बैठक स्थगित
-
हत्या गरेर उखुबारीमा फाले, मृतकको चप्पल लगाएपछि खुल्यो घटना
-
इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुनखानीमा पहिरो जाँदा ६ जनाको मृत्यु, १४ बेपत्ता