सशस्त्र प्रहरीको गोताखोरले कालीगण्डकीमा बेपत्ता किशोरको शव निकाल्यो
सोमबार, ०५ जेठ २०८२, १४ : ०४
सारांश
- म्याग्दीको रघुगंगा गाउँपालिकामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १५ वर्षीय किशोरको शव फेला परेको छ।
- सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले किशोरको शव कालीगण्डकी नदीको १५ फिट गहिराइबाट निकालेको हो।
- घटना जेठ ३ गतेको हो भने किशोरको खोजी कार्यको लागि १९ जनाको टोली परिचालन गरिएको थियो।
काठमाडौँ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित कालीगण्डकीमा बेपत्ता किशोरको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।
सोही ठाउँ बस्ने १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा जेठ ३ गते नदीमा डुबेर बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा खटिएको गोताखोरसहितको टोलीले उनको शव सोमबार दिउँसो करीव १५ फिट गहिराइबाट निकालेको हो ।
उनको खोजीकार्यका लागि नं. २४ कालिका गण कास्कीबाट सोमबार बिहान ४ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएको सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण