सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

सशस्त्र प्रहरीको गोताखोरले कालीगण्डकीमा बेपत्ता किशोरको शव निकाल्यो

सोमबार, ०५ जेठ २०८२, १४ : ०४
सोमबार, ०५ जेठ २०८२

समाचार सारांश

  • म्याग्दीको रघुगंगा गाउँपालिकामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १५ वर्षीय किशोरको शव फेला परेको छ।
  • सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले किशोरको शव कालीगण्डकी नदीको १५ फिट गहिराइबाट निकालेको हो।
  • घटना जेठ ३ गतेको हो भने किशोरको खोजी कार्यको लागि १९ जनाको टोली परिचालन गरिएको थियो।

काठमाडौँ ।   म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित कालीगण्डकीमा बेपत्ता किशोरको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ । 

सोही ठाउँ बस्ने १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा जेठ ३ गते नदीमा डुबेर बेपत्ता भएका थिए । 

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा खटिएको गोताखोरसहितको टोलीले उनको शव सोमबार दिउँसो करीव १५ फिट गहिराइबाट निकालेको हो । 

उनको खोजीकार्यका लागि नं. २४ कालिका गण कास्कीबाट सोमबार  बिहान ४ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएको सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप