संसद्मा मन्त्री अधिकारीले भने- दुध, कुखुराको मासु र अण्डामा मात्र नेपाल आत्मनिर्भर
सारांश
- कृषि मन्त्री रामनाथ अधिकारीले नेपाल धान चामलमा आत्मनिर्भर भइनसकेको जानकारी दिए ।
- मन्त्री अधिकारीले कृषि उत्पादकत्व बढाएर कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने नीति लिइएको बताए ।
- मन्त्रीका अनुसार कुखुराको मासु, अण्डा र दूधमा मात्र नेपाल आत्मनिर्भर छ ।
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल धान चामलमा आत्मनिर्भर भइनसकेको जनाएका छन् ।
सोमबार संसदमा सांसद प्रेस सुवालले धान चामललगायतका बालीनालीमा नेपाल आत्मनिर्भर भएको छ कि छैन भनेर गरेको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले यस्तो जवाफ दिएका हुन् । साथै मन्त्री अधिकारीले कृषि उत्पादकत्व वृद्धि गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने नीति अवलम्बन गरेको बताए ।
दुध, कुखुराको मासु र अण्डामा मात्र नेपाल आत्मनिर्भर रहेको मन्त्री अधिकारीको भनाइ छ ।
त्यस्तै माछा मासु, दुध, धान मकै र अण्डा, दलहन तरकारी र फलफूल बालीमा नेपाल आत्मनिर्भर बन्न सक्ने भन्दै मन्त्री अधिकारीले चालु आर्थिक वर्ष २०८१/०८२ मा मन्त्रालयले कृषि उत्पादनका आधारभूत तत्त्व रासायनिक मल, गुणस्तरीय बिउ विजन र सिँचाइको सहज तथा उचित व्यवस्थापनमा जोड दिएको बताए ।
उनले आर्थिक ८० र ८१ मा खाद्यान्न बालीको क्षेत्रफल ३ हजार २९२ हेक्टर ११ हजार ९२४ मेट्रिक टन, दलहन बाली २५८ हजार हेक्टरमा २७७ हजार मेट्रिकटन, फलफूल १ लाख ३९ हजार हेक्टरमा १५ लाख ९ हजार मेट्रिक टन तथा तरकारी ३ लाख १२ हजार हेक्टरमा ४४ हजार ४ सय मेट्रिक टन उत्पादन भएको बताए ।
त्यस्तै उनले चालु आर्थिक वर्ष ८१ र ८२ मौसम अनुकूल भए सबै वाली सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरेको मन्त्री अधिकारीको जवाफ छ ।
‘धान, मकै, गहुँलगायत खाद्यान्न बालीको उत्पादन २.६७ प्रतिशत तथा नगदे बालीको उत्पादन २.०१ प्रतिशतले बढ्ने अनुमान छ’मन्त्री अधिकारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण