सुपर–३ चरणको अन्तिम खेलमा नेपाललाई थाइल्यान्डले दियो १५९ रनको लक्ष्य
सारांश
- थाइल्यान्डमा जारी महिला टी-२० विश्वकप छनोटको सुपर-३ मा नेपालले थाइल्यान्डबाट जितका लागि १५९ रनको लक्ष्य पाएको छ।
- थाइल्यान्डले पहिले ब्याटिङ गर्दै २ विकेट गुमाएर १५८ रन बनायो, जसमा नाताया बुचाथम र नानापत कोन्चारोएनकाईले अर्धशतक बनाए।
- नेपाल र थाइल्यान्ड दुवैले विश्वकपको विश्वस्तरीय छनोटमा स्थान पक्का गरिसकेका छन्, विजेता टोली च्याम्पियन बन्नेछ।
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगिताअन्तर्गत सुपर–३ चरणको अन्तिम खेलमा मंगलबार नेपालले आयोजक थाइल्यान्डबाट जितका लागि एक सय ५९ रनको लक्ष्य पाएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय ५८ रन बनाएको हो । थाइल्यान्डका लागि ओपनर नाताया बुचाथमले अर्धशतकीय पाली खेलिन् । उनले ४२ बलको सामना गरी पाँच चौकाको मद्दतले ५० रन बनाइन् ।
तेस्रो नम्बरमा क्रिज समाल्न ओर्लिएकी नानापत कोन्चारोएनकाईले पनि अर्धशतकीय पाली खेलिन् । उनले केवल २८ बलको सामना गरी आठ चौकाको मद्दतले अविजित ५० रन बनाइन् । अर्की ओपनर अफिसरा सुवानचोनराथीले पनि २९ रन बटुलिन् ।
नेपाली टोलीका बलर राजमती ऐरी र मनिषा उपाध्यायले एक–एक विकेट लिए । नेपाल र थाइल्यान्ड दुबै टोलीले यसअघि नै आईसीसी विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाइसकेका छन् । यो खेलमा विजयी हुने टोली च्याम्पियन बन्दै विश्वस्तरीय छनोटमा पुग्नेछ ।
सुपर–३ चरणको खेलपछि अंक तालिकाको माथिल्लो दुई स्थानमा रहने टोली आगामी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा प्रवेश गर्ने प्रावधान छ । विश्वस्तरीय छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।
हालसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने पाँच टोलीको टुंगो लागेको छ । बंगलादेश, स्कटल्यान्ड, अमेरिका, थाइल्यान्ड र नेपालले विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाइसकेका छन् । बाँकी पाँच टोलीको भने टुंगो लाग्न बाँकी छ ।
विश्वस्तरीय छनोट प्रतियोगिताका लागि अब युरोपबाट दुई, अफ्रिकाबाट दुई र पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट एक टोलीको टुंगो लाग्न बाँकी छ । विश्वस्तरीय छनोट प्रतियोगिताबाट चार टोलीले सन् २०२६ मा आयोजना हुने महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026