गाजा युद्धलाई लिएर इजरायलमाथि बढ्दै छ अन्तर्राष्ट्रिय दबाब
तेल अभिभ । गाजामा भइरहेको युद्धलाई लिएर इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढेको छ । इजरायलले हालै आक्रमण विस्तार गरेपछि गएको केही दिनमै गाजामा सयौँ मान्छे मारिएका छन् । यसको बेलायत, फ्रान्स र क्यानडाबाट कडा विरोध गरेका थिए ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई यी तिनै देशका नेताहरूले सोमबारसम्ममा ठोस कदम चाल्न, होइन भने प्रतिबन्धको सामना गर्न चेतावनी दिएका छन् ।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्य पूर्वको भ्रमण सकेर फर्किएका थिए । तर यस अवधिमा न त गाजामा युद्धविराम सम्झौता हुन सक्यो न हमासको कब्जामा रहेका बन्दीहरू रिहा गर्ने प्रक्रिया अगाडि बढ्यो ।
पछिल्लो समय इजरायलले गाजाको उत्तरी र दक्षिणी भेगमा सेना परिचालन तीव्र पारेको छ । यस्तोमा यूरोपेली देशहरूले दिएको चेतावनीको नेतन्याहुले कडा आलोचना गरेका छन् । २०२३ को अक्टोबर ७ मा हमासले गरेको नरसंहारकारी आक्रमणलाई सबैले पुरस्कृत गरेको आरोप उनले लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण