खेलका क्रममा झगडा गरेपछि कारवाहीमा परे दिग्वेश राठी र अभिषेक शर्मा
सारांश
- आईपीएल क्रिकेट खेलमा सनराइजर्स हैदराबादले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्यो।
- खेलमा लखनउका बलर र हैदराबादका ब्याट्सम्यानबीच मैदानमा झगडा भयो, जसका कारण दुवै खेलाडीलाई जरिवाना लगाइयो।
- लखनउका खेलाडीले बारम्बार गल्ती दोहोर्याएका कारण चर्को जरिवाना तिर्नुपर्यो, जसले गर्दा उनी एक खेलका लागि प्रतिबन्धित भए।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको सोमबार राति सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्सबिच खेल भएको थियो । उक्त खेलमा हैदराबादले लखनउलाई ६ विकेटले हराएको थियो ।
हैदराबादसँग हारेपछि लखनउ पनि उपाधि होडबाट बाहिरिन पुग्यो । हैदराबाद भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । उक्त खेलका क्रममा लखनउका बलर दिग्वेशसिंह राठी र हैदराबादका ब्याट्सम्यान अभिषेक शर्माबिच मैदानमै झगडा परेको थियो ।
दुबै टोलीका अन्य खेलाडीले नछुट्याएको भए यी दुई खेलाडीबिचको झगडाले अवस्था गम्भीर रुप लिन सक्नेसम्भावना थियो । खासमा दिग्वेशले अभिषेकलाई आउट गरेका थिए । अभिषेकलाई आउन गरेपछि दिग्वेशले ‘नोटबुक सेलिब्रेसन’ गरेका थिए ।
यसअघिको खेलमा पनि दिग्वेशले विकेट लिएपछि ‘नोटबुक सेलिब्रेसन’ गर्ने गरेका थिए । यही कारणले उनले पटक–पटक जरिवाना पनि तिरिसकेका छन् । सोमबार रातिको खेलमा पनि अभिषेकलाई आउट गरेपछि उनले पुरानै शैलीमा ‘नोटबुक सेलिब्रेसन’ गरेपछि दुबैबिच चर्काचर्की सुरु भएको थियो ।
सोही विषयलाई लिएर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले दुबै खेलाडीलाई जरिवाना तिराउनले निर्णय गरेको छ । तर, पटक–पटक एउटै गल्ति दोहो¥याएका कारण दिग्वेशलाई भने चर्को जरिवाना लगाइएको छ ।
दिग्वेशले आफ्नो म्याच फिको ५० प्रतिशतश रकम जरिवाना तिर्नुपर्ने भएको छ । ‘दिग्वेशले आईपीएलको आचारसंहिता उल्लङ्घन गरेकाले उनीमाथि म्याच फिको ५० प्रतिशत रकम जरिवाना तिराउने निर्णय गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
यसका अतिरिक्त दिग्वेशलाई दुई डिमेरिट्स अंक पनि दिइएको छ । यसअघि पनि उनले चार डिमेरिट अंक पाइसकेका छन् । त्यसैले उनले अब एक खेलमा प्रतिबन्ध भोग्नु पर्नेछ । उनले अब आगामी खेल खेल्न पाउने छैनन् । लखउनले अर्को खेल मे २२ तारिखमा गुजरात टाइटन्ससँग खेल्दैछ ।
यसैगरी, सोमबार रातिको खेलमा झगडा गरेको आरोपमा हैदराबादका अलराउन्डर अभिषेकमाथि पनि म्याच फिको २५ प्रतिशत रकम जरिवाना तिराउने निर्णय भएको छ । अभिषेकले एक डिमेरिट अंक पनि पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण