शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेट

खेलका क्रममा झगडा गरेपछि कारवाहीमा परे दिग्वेश राठी र अभिषेक शर्मा

मङ्गलबार, ०६ जेठ २०८२, १३ : २६
मङ्गलबार, ०६ जेठ २०८२

समाचार सारांश

  • आईपीएल क्रिकेट खेलमा सनराइजर्स हैदराबादले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्‍यो।
  • खेलमा लखनउका बलर र हैदराबादका ब्याट्सम्यानबीच मैदानमा झगडा भयो, जसका कारण दुवै खेलाडीलाई जरिवाना लगाइयो।
  • लखनउका खेलाडीले बारम्बार गल्ती दोहोर्‍याएका कारण चर्को जरिवाना तिर्नुपर्‍यो, जसले गर्दा उनी एक खेलका लागि प्रतिबन्धित भए।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको सोमबार राति सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्सबिच खेल भएको थियो । उक्त खेलमा हैदराबादले लखनउलाई ६ विकेटले हराएको थियो ।

हैदराबादसँग हारेपछि लखनउ पनि उपाधि होडबाट बाहिरिन पुग्यो । हैदराबाद भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । उक्त खेलका क्रममा लखनउका बलर दिग्वेशसिंह राठी र हैदराबादका ब्याट्सम्यान अभिषेक शर्माबिच मैदानमै झगडा परेको थियो । 

दुबै टोलीका अन्य खेलाडीले नछुट्याएको भए यी दुई खेलाडीबिचको झगडाले अवस्था गम्भीर रुप लिन सक्नेसम्भावना थियो । खासमा दिग्वेशले अभिषेकलाई आउट गरेका थिए । अभिषेकलाई आउन गरेपछि दिग्वेशले ‘नोटबुक सेलिब्रेसन’ गरेका थिए ।

यसअघिको खेलमा पनि दिग्वेशले विकेट लिएपछि ‘नोटबुक सेलिब्रेसन’ गर्ने गरेका थिए । यही कारणले उनले पटक–पटक जरिवाना पनि तिरिसकेका छन् । सोमबार रातिको खेलमा पनि अभिषेकलाई आउट गरेपछि उनले पुरानै शैलीमा ‘नोटबुक सेलिब्रेसन’ गरेपछि दुबैबिच चर्काचर्की सुरु भएको थियो ।

सोही विषयलाई लिएर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले दुबै खेलाडीलाई जरिवाना तिराउनले निर्णय गरेको छ । तर, पटक–पटक एउटै गल्ति दोहो¥याएका कारण दिग्वेशलाई भने चर्को जरिवाना लगाइएको छ । 

दिग्वेशले आफ्नो म्याच फिको ५० प्रतिशतश रकम जरिवाना तिर्नुपर्ने भएको छ । ‘दिग्वेशले आईपीएलको आचारसंहिता उल्लङ्घन गरेकाले उनीमाथि म्याच फिको ५० प्रतिशत रकम जरिवाना तिराउने निर्णय गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

यसका अतिरिक्त दिग्वेशलाई दुई डिमेरिट्स अंक पनि दिइएको छ । यसअघि पनि उनले चार डिमेरिट अंक पाइसकेका छन् । त्यसैले उनले अब एक खेलमा प्रतिबन्ध भोग्नु पर्नेछ । उनले अब आगामी खेल खेल्न पाउने छैनन् । लखउनले अर्को खेल मे २२ तारिखमा गुजरात टाइटन्ससँग खेल्दैछ । 

यसैगरी, सोमबार रातिको खेलमा झगडा गरेको आरोपमा हैदराबादका अलराउन्डर अभिषेकमाथि पनि म्याच फिको २५ प्रतिशत रकम जरिवाना तिराउने निर्णय भएको छ । अभिषेकले एक डिमेरिट अंक पनि पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप