मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक सुरु

मङ्गलबार, ०६ जेठ २०८२, १४ : ०८
मङ्गलबार, ०६ जेठ २०८२

समाचार सारांश

  • बागमती प्रदेशसभाको बैठक मंगलबार २ घण्टा ढिलो गरी सुरु भयो।
  • सत्तारुढ र विपक्षी दलहरूबीचको सहमतिपछि बैठक सञ्चालन भएको हो, माओवादी केन्द्रले सम्झौता गरेपछि।
  • बैठकमा मुख्य महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, विधेयक र विनियोजन विधेयकका सिद्धान्तहरू प्रस्तुत हुनेछन्।

हेटौँडा ।  बागमती प्रदेशसभा बैठक सुरु भएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक २ घण्टा ढिला गरी सुरु भएको हो । 

सत्तापक्ष र प्रतिपक्ष दल बिच सहमति हुन नसक्दा पटक पटक रोकिँदै आएको बैठक प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले 'कम्प्रमाइज' गरेपछि सुरु भएको हो ।

विगतको सहमति कार्यान्वयनको माग गर्दै आएको प्रतिपक्ष दल तत्काल सरकारको नीति कार्यक्रम ल्याउन दिन तयार भएपछि बैठक सञ्चालन भएको हो । 

 प्रदेशसभाको आजको बैठकमा विशेष समयका साथै मुख्य महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन, समितिहरूबाट तयार भएका प्रतिवेदनहरू पेस हुने कार्यसूची रहेको छ । यस्तै बैठकमा प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)को प्रस्ताव पनि पेस हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप