बागमती प्रदेशसभा बैठक सुरु
मङ्गलबार, ०६ जेठ २०८२, १४ : ०८
सारांश
- बागमती प्रदेशसभाको बैठक मंगलबार २ घण्टा ढिलो गरी सुरु भयो।
- सत्तारुढ र विपक्षी दलहरूबीचको सहमतिपछि बैठक सञ्चालन भएको हो, माओवादी केन्द्रले सम्झौता गरेपछि।
- बैठकमा मुख्य महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, विधेयक र विनियोजन विधेयकका सिद्धान्तहरू प्रस्तुत हुनेछन्।
हेटौँडा । बागमती प्रदेशसभा बैठक सुरु भएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक २ घण्टा ढिला गरी सुरु भएको हो ।
सत्तापक्ष र प्रतिपक्ष दल बिच सहमति हुन नसक्दा पटक पटक रोकिँदै आएको बैठक प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले 'कम्प्रमाइज' गरेपछि सुरु भएको हो ।
विगतको सहमति कार्यान्वयनको माग गर्दै आएको प्रतिपक्ष दल तत्काल सरकारको नीति कार्यक्रम ल्याउन दिन तयार भएपछि बैठक सञ्चालन भएको हो ।
प्रदेशसभाको आजको बैठकमा विशेष समयका साथै मुख्य महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन, समितिहरूबाट तयार भएका प्रतिवेदनहरू पेस हुने कार्यसूची रहेको छ । यस्तै बैठकमा प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)को प्रस्ताव पनि पेस हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
-
अमेरिका–भारत सम्बन्ध : रणनीतिक साझेदारी कि लुप्त प्रतिद्वन्द्विता ?
-
रास्वपाको लक्ष्य मुलुकको सक्षम राजनीतिक शक्ति बन्ने हो : सभापति लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण