बागमती प्रदेशसभा बैठक सुरू
मकवानपुर । बागमती प्रदेशसभा बैकठ सुरू भएको छ । विहान ११ बजेका लागि बोलाइएको बैठक २ घण्टा ढिला गरी सुरु भएको हो । सत्तापक्ष र प्रतिपक्ष दल बिच सहमती हुन नसक्दा पटक पटक रोकीदै आएको बैठक प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले कम्प्रमाइज गरेपछि सुरु भएको हो ।
विगतको सहमती कार्यान्वयनको माग गर्दै आएको प्रतिपक्ष दलले तत्काल सरकारको नीति कार्यक्रम ल्याउन दिन तयार भएपछि बैठक सञ्चालन भएको हो । बजेट रकमान्तरको बटम लाइनमा अड्किएका प्रतिपक्षको माग सरकारले क्रमिक रुपमा सम्बोधन गर्दै अघि बढ्ने प्रतिवद्धता पछि बैठक सञ्चालन भएको हो ।
सो समयपछि सुरु भएको प्रदेशसभाको बैठकमा विशेष समयको कार्यसूचि रहेको छ भने मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन, समितिहरुबाट तयार भएका प्रतिवेदनहरु पेश हुने कार्यसूचि रहेको छ ।
बैठकमा प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) को प्रस्ताव पेश हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण