बागमती प्रदेशसभा बैठक सुरू

मकवानपुर । बागमती प्रदेशसभा बैकठ सुरू भएको छ । विहान ११ बजेका लागि बोलाइएको बैठक २ घण्टा ढिला गरी सुरु भएको हो । सत्तापक्ष र प्रतिपक्ष दल बिच सहमती हुन नसक्दा पटक पटक रोकीदै आएको बैठक प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले कम्प्रमाइज गरेपछि सुरु भएको हो ।
विगतको सहमती कार्यान्वयनको माग गर्दै आएको प्रतिपक्ष दलले तत्काल सरकारको नीति कार्यक्रम ल्याउन दिन तयार भएपछि बैठक सञ्चालन भएको हो । बजेट रकमान्तरको बटम लाइनमा अड्किएका प्रतिपक्षको माग सरकारले क्रमिक रुपमा सम्बोधन गर्दै अघि बढ्ने प्रतिवद्धता पछि बैठक सञ्चालन भएको हो ।
सो समयपछि सुरु भएको प्रदेशसभाको बैठकमा विशेष समयको कार्यसूचि रहेको छ भने मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन, समितिहरुबाट तयार भएका प्रतिवेदनहरु पेश हुने कार्यसूचि रहेको छ ।
बैठकमा प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) को प्रस्ताव पेश हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को–को समेटिए ? (सूचीसहित)
-
भारतमा २ जना कोभिड संक्रमितको मृत्यु
-
लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धिका लागि युएनएफपीए र मनकामना दर्शन प्रालिबिच सहकार्य
-
जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलनको तयारी पूरा
-
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक समिति गठन
-
सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस