अनुभव सिन्हाले शाहरुखलाई किन भने ‘मिडिल क्लास’ ?
काठमाडौँ । मुल्क, आर्टिकल १५ र थप्पड जस्ता सशक्त फिल्मबाट बलिउड निर्देशक अनुभव सिन्हाले आफ्नो खास पहिचान बनाएका छन् । सिन्हाले बलिउडमा मसला मनोरञ्जनात्मक फिल्मदेखि गम्भीर सामाजिक फिल्मसम्म बनाएका छन् ।
उनका चलचित्रहरूमा समाज, राजनीति र मानवतासँग सम्बन्धित मुद्दाहरू देखिन्छन् । उनले ऋषि कपूर, अमिताभ बच्चन, तापसी पन्नु, आयुष्मान खुराना र शाहरुख खान जस्ता उद्योगका ठूला नामहरूसँग काम गरेका छन् । अनुभव सिन्हाले किंग खानसँग फिल्म ‘रा.वन’मा काम गरेका थिए । यो उनको सबैभन्दा ठूलो र महत्त्वाकाङ्क्षी परियोजनाहरू मध्ये एक थियो । तर बक्स अफिसमा यो फिल्म नराम्ररी असफल भयो ।
रा.वन फ्लप भएपछि अनुभवलाई लामो समयसम्म यो असफलताले सताइरह्यो । २०१८ मा मुल्क रिलिज नभएसम्म यो घटनाले उनी झस्काइरहेको थियो । मैले निर्देशकको रूपमा उनले फिल्म बनाउनै छाडेका थिए । कहिल्यै फिल्म निर्देशन नगर्ने निर्णयमा उनी पुगिसकेका थिएँ । फेय डिसुजासँगको एक अन्तरवार्तामा, उनले रा.वनबाट पाएको झट्का वर्षौँसम्म रहिरहेको र आफूले निर्देशन छोड्ने लगभग निर्णय गरिसकेको बताए ।
२०११ मा रा.वन रिलिज भएको थियो, जुन त्यस समयको सबैभन्दा महँगो भारतीय फिल्म थियो । फिल्मको बजेट लगभग १३० देखि १५० करोड भारु थियो । यो फिल्म अनुभव सिन्हाले निर्देशन गरेका थिए । फिल्मले मानिसहरूलाई आकर्षित गर्ने उनको आश थियो ।
तर,फिल्मले विश्वभर गरेर जम्मा २०० करोड भारु कमायो । हालै अनुभव सिन्हाले यस फिल्मबाट उनले शाहरुख खानलाई नजिकबाट चिनेको बताए ।
यति धेरै पैसा कमाइसक्दा पनि मनबाट भने शाहरुख खान ‘मिडिल क्लास केटा’ नै भएको पनि उनले बताए । ‘उसँग संसारको सारा पैसा छ । तर केले खुसी बनाउँछ ? गुचीले कि तपाईंको बहिनी खुसी छ भन्ने कुराले ?,’ उनले भनेका थिए ।
अनुभव सिन्हाले शाहरुख खानले आफ्नी बहिनी शहनाज र आफ्ना बच्चाहरूको कति ख्याल राख्छन् भनेर हेर्नु पाउनुलाई अद्भूत भने । ‘यो त एउटा उपलब्धि हो । संसारभरि यति धेरै लोकप्रिय व्यक्तिको लागि यसो गर्नु कठिन छ । पैसाको त कुरै छोड, ऊ आफ्नो जरासँग जोडिएको छ अनि जोडिएरै बस्नेछन् । उनी एक अद्भुत व्यक्ति हुन् । मैले उनलाई बारम्बार भनेँको छुँ कि यो फिल्म बनाउनु भन्दा पनि, तिमीलाई चिन्न पाउनु सौभाग्यको कुरा हो ।’ अझ अगाडि अनुभवले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण