गभर्नर सिफारिस समिति बैठक
गभर्नर सिफारिस समिति बैठक सुरू
मङ्गलबार, ०६ जेठ २०८२, १६ : २८
१

समाचार सारांश
- राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक अर्थमन्त्रालयमा सुरु भयो।
- गभर्नर पदका लागि तीन जनाको नाम सिफारिस गर्ने तयारी भइरहेको छ, जसमा डा. विश्व पौडेलको नाममा सहमति भएको छ।
- चैत २४ गतेदेखि रिक्त रहेको गभर्नर पदमा नियुक्तिका लागि समितिले काम गरिरहेको छ।
काठमाडौँ । गभर्नर सिफारिस समिति बैठक सुरू भएको छ। अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक सुरु भएको हो।
समिति बैठकले गभर्नरको लागि तीन जनाएको नाम सिफारिस गर्ने तयारी छ। गभर्नरमा प्रा.डा. विश्व पौडेल नियुक्ति गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति भएको छ।
अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य छन्।
चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ। डेपुटी गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक समिति गठन
-
सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस
-
खुट्टा धुने क्रममा चिप्लिएर एक युवक नारायणी नदीमा बेपत्ता
-
नेताहरू बारम्बार किन गर्छन् ‘आत्मघाती पत्र’मा हस्ताक्षर ?
-
एनएमबि बैङ्क र एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपालबिच सम्झौता
-
बागमती प्रदेश सभामा सरकारको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस