सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

समाचार सारांश
- गृह मन्त्रालयले डीआईजी सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ।
- एआईजी लालमणी आचार्यको अवकाशपछि रिक्त हुने पदमा शाहलाई बढुवा सिफारिस गरिएको हो।
- शाह हाल विशेष ब्यूरो प्रमुख छन् र उनी २०५३ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए।
काठमाडौँ । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सिद्धि विक्रम शाहलाई अतिरिक्त महानिरिक्षक(एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
मंगलबार गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
जेठ ११ बाट एआईजी लालमणी आचार्य अनिवार्य अवकाशमा जाँदै छन् । सो पदमा शाहलाई बढुवा सिफारिस गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
शाह प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोका प्रमुख हुन् । २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर उनि प्रहरीमा आएका थिए ।
तत्कालिन गृहमन्त्री रवि लामिछानेले जेष्ठ भएपनि सिद्धि विक्रम शाहलाई डीआईजी बढुवामा पछि पारेका थिए । त्यसबेला करिब १५ महिना ढिलो सेवा प्रवेश गरेकालाई बढुवा दिएको भन्दै राष्ट्रिय अनुसन्धान विभागबाट आएको समुह असन्तुष्ट बनेको थियो ।
२०८१ मंसिरमा बढुवा हुँदा सिद्धि बिक्रम शाह आफ्नो ब्याचमा एक नम्बरमा डीआईजी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा : राज्यमाथिको विश्वास टुट्दै जानु खतरनाक संकेत हो
-
फाइनलमा पुग्ने लक्ष्यसहित पहिलो पटक प्ले–अफ चरणमा भिड्दै पञ्जाब र मुम्बई
-
भिजिट भिसालाई सूक्ष्म अनुसन्धान गर्ने हो भने ठुलो उथलपुथल हुन्छ
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मन
-
८ वर्षमा फास्ट ट्रयाकको ४० प्रतिशत काम, २ वर्षमा सक्ने योजना