नासाको भावी प्रमुखबाट मस्कका निकट सहयोगी जारेड आइज्याकम्यानको नाम ट्रम्पले लिए फिर्ता
आइतबार, १८ जेठ २०८२, ०९ : ०३
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नासाको प्रमुखको रुपमा व्यापारी जारेड आइज्याकम्यानको नाम फिर्ता लिएका छन्।
- आइज्याकम्यान अर्बपति व्यवसायी हुन् र एलन मस्कका निकट सहयोगी मानिन्छन्।
- ट्रम्पले किन निर्णय परिवर्तन गरे भन्नेबारे ह्वाइट हाउस वा नासाले कुनै जानकारी दिएको छैन।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष अन्वेषण एजेन्सी नासाका भावी प्रमुखको रुपमा खर्बपति व्यापारी एलन मस्कका निकट सहयोगी जारेड आइज्याकम्यानको नाम फिर्ता लिएका छन् । आइज्याकम्यान आफैं पनि एक अर्बपति व्यवसायी हुन् । उनलाई मस्कको नजिक मान्छे मानिन्छ ।
ट्रम्पले जारेड आइज्याकम्यानलाई नासाको प्रमुख बनाउने निर्णय गरेका थिए । स्रोतलाई उद्धृत एपीले आइज्याकम्यानको नाम फिर्ता लिइएको दाबीसहितको खबर छापेको छ ।
ट्रम्पले किन आफ्नो मूड बदले भन्ने स्पष्ट छैन । यस सम्बन्धमा ह्वाइट हाउस र नासाले अहिलेसम्म कुनै वक्तव्य जारी गरेको पनि छैन ।
राष्ट्रपति ट्रम्पले गत वर्ष डिसेम्बरमा ४२ वर्षका जारेड आइज्याकम्यानलाई नासाको नयाँ प्रमुख बनाउने घोषणा गरेका थिए । आइज्याकम्यान क्रेडिट कार्ड प्रोसेसिङ कम्पनी शिफ्ट ४ का सीईओ र संस्थापक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण