दोषी ठहरिए ओबामाको घर नजिकै हतियारसहित पक्राउ परेका पूर्व अमेरिकी सेनाका सिपाही
सारांश
- पूर्व अमेरिकी नौसेना अधिकारी टेलर टारान्टोलाई हतियार राखेको र सरकारी भवनलाई बमले उडाउने धम्की दिएको आरोपमा दोषी ठहर गरिएको छ।
- टारान्टोलाई पूर्व राष्ट्रपति ओबामाको घर नजिकैबाट पक्राउ गरिएको थियो, उनको भ्यानबाट हतियार र गोली बरामद गरिएको थियो।
- टारान्टोलाई मेरील्याण्डको राष्ट्रिय मानक तथा प्रविधि संस्थानविरुद्ध बमले उडाउने धम्की दिएकोमा दोषी ठहर गरिएको हो।
वासिङ्टन डीसी । पूर्व अमेरिकी नौसेना अधिकारी टेलर टारान्टोलाई मंगलबार अदालतले हतियार राखेको र सरकारी भवनलाई बमले उडाउने झूटो धम्की दिएको आरोपमा दोषी ठहर गरेको छ । अमेरिकी जिल्ला न्यायाधीश कार्ल निकोल्सले यो फैसला सुनाएका हुन् ।
टारान्टोलाई जुन २०२३ मा पूर्व राष्ट्रपति बाराक ओबामाको घर नजिकैबाट पक्राउ गरिएको थियो । त्यतिबेला उनको भ्यानबाट दुईवटा बन्दुक, करिब ५०० गोली र एउटा लामो चक्कु बरामद भएको थियो । टारान्टो विरुद्धको मुद्दा जुरी बिना नै चलाइएको थियो । यसको पेशी गत हप्ता सुरु भएको थियो ।
२०२३ मा टोरेन्टेको गिरफ्तारीको दिन, डोनाल्ड ट्रम्पले ओबामाको घरको ठेगाना सामाजिक सञ्जालमा शेयर गरेका थिए । यो पोस्टलाई शेयर गर्दै टारान्टोले ‘हामीले यी हरुवाहरूको घरलाई घेरेका छौं ।’ भनेर लेखेका थिए । पोस्टमा उनले जोन पोडेस्टा र ओबामा नर्कमा भेटौला पनि भनेका थिए । आफूले भूमिगत सुरुङ मार्ग खोजिरहेको र गोली चलाउन सुहाउँदो कोण चाहिएको भनेर युट्यूब लाइभमा भनेका थिए ।
टारान्टोमाथि ओबामा वा जोन पोडेस्टालाई धम्की दिएको मुद्दा दर्ता भएको थिएन ।तर मेरील्याण्डको राष्ट्रिय मानक तथा प्रविधि संस्थानविरुद्ध बमले उडाइदिने झुठो धम्की दिएकोमा दोषी ठहर गरिएको थियो । आफूलाई आफूलाई पत्रकार र हास्य कलाकार मान्ने अनि आफूले ठट्टा मात्रै गरिरहेको पछि टारेन्टोले दाबी गरेका थिए ।
यस मामिलामा न्यायाधीशले अझै सजाय घोषणा गरेका छैनन् । टारान्टोका वकिलले उनलाई जमानतमा रिहा गर्न अपील गरेका छन् । यस हप्ताको अन्त्यसम्ममा यसबारे निर्णय लिइनेछ । अदालतले समाजको लागि खतरनाक ठानेकोले टारेन्टो लगभग दुई वर्षदेखि जेलमा छन् ।
२०२१ को जनवरी ६ मा क्यापिटल हिल आक्रमणमा भाग लिएपछि ट्रम्पले माफी दिएका केही व्यक्तिहरूमध्ये टारान्टो पनि एक हुन् । आक्रमणको समयमा, टारान्टो स्पिकरको लबी नजिकै थिए । यो त्यही ठाउँ हाहे जहाँ एश्ली ब्याबिट नामक प्रदर्शनकारीलाई प्रहरीले गोली हानेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण