कन्नड भाषाको अनुवादित कृतिलाई यस वर्षको बूकर पुरस्कार
सारांश
- कन्नड लेखिका बानु मुश्ताकले २०२५ को बुकर पुरस्कार जितेकी छन्, कन्नड पुस्तकले पहिलोपटक यो सम्मान पाएको हो।
- मुश्ताकले कथा सङ्ग्रह 'हर्ट ल्याम्प' का लागि पुरस्कार प्राप्त गरेकी हुन्, जसलाई दीपा भाष्टीले अङ्ग्रेजीमा अनुवाद गरेकी थिइन्।
- 'हर्ट ल्याम्प' दक्षिण भारतको पितृसत्ताको शोकगाथा हो, जसमा १९९० देखि २०२३ सम्म लेखिएका कथाहरू समावेश छन्।
नयाँ दिल्ली । भारतकी कन्नड भाषाकी लेखिका बानु मुश्ताकले २०२५ को लागि बुकर पुरस्कार प्राप्त गरेकी छिन् । कन्नड भाषाको पुस्तकले यस्तो सम्मान पाएको यो पहिलो पटक हो । बानु मुश्ताकले आफ्नो कथा सङ्ग्रह ‘हर्ट ल्याम्प’ को लागि सो पुरस्कार जितेकी हुन् ।
किताबलाई दीपा भाष्टीले अङ्ग्रेजीमा अनुवाद गरेकी थिइन् । २० मे, मंगलबार राति टेट मोडर्नमा आयोजित एक समारोहमा बानुले उनको पुस्तकको अनुवादक दीपा भाष्टीसँगै पुरस्कार ग्रहण गरिन् ।
बानु एक लेखक, वकिल र सामाजिक कार्यकर्ता पनि हुन् । उनको यो कृति उर्दू, हिन्दी, तमिल र मलयालममा पनि अनुवाद गरिएको छ । सानै उमेरदेखि लेख्दै आएकी मुश्ताक पत्रकार पनि हुन् । उनले २९ वर्षको उमेरदेखि चाहिँ व्यावसायिक रूपमा आफ्ना अनुभवहरू लेख्न थालेकी थिइन् ।
उनका कथाहरूले महिला जीवनका विभिन्न समस्याहरूलाई औँल्याउँछन् । कथाका साथै उनले उपन्यास, निबन्ध र कविता पनि लेखे । उनको उपन्यास ‘करी नगरागालु’ माथि २००३ मा हसिना नामको फिल्ममा बनाइएको थियो ।
हार्ट ल्याम्प १२ कथाहरूको सङ्ग्रह हो । यी कथा दक्षिण भारतको पितृ सत्ताको शोकगाथा हो । दीपा भाष्टीले २०२२ देखि यी कथाहरूको अनुवाद गर्न थालेकी थिइन् । पुस्तकमा १९९० देखि २०२३ सम्म लेखिएका कथाहरू समाविष्ट छ ।
समग्रमा पुस्तकमा भएका कथाहरू ३० वर्षभन्दा बढीको अवधिमा लेखिएको थियो । ‘हार्ट ल्याम्पले धेरै वर्षपछि अङ्ग्रेजी पाठकहरूका लागि केही नयाँ कुरा ल्याएको छ ।
यसले अनुवादसम्बन्धी हाम्रो बुझाइलाई चुनौती दिएको छ ।’ बुकर २०२५ निर्णायक मण्डलका अध्यक्ष लेखक म्याक्स पोर्टरले भनेका छन् । आफ्नो कृतिले बुकर पुरस्कार पाउनुलाई बानु मुश्ताकले विविधताको जित भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
-
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
-
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण