अन्तरिक्षमा भेटियो अनौठो ब्याक्टेरिया
काठमाडौँ । हाम्रो वरिपरि अनेकौँ प्रकारका ब्याक्टेरियाहरू छन् । यी मध्ये केही हाम्रो लागि असल छन् भने केही खराब । वैज्ञानिकहरूले चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनमा एउटा ब्याक्टेरिया फेला पारेका छन्, जुन धेरै रहस्यमय छ ।
यो खोजले अन्तरिक्ष यात्रीहरूको स्वास्थ्यमाथि ठुलो प्रश्न उठाइरहेको छ । यो ब्याक्टेरिया कहाँबाट आयो ? यसले अन्तरिक्षमा बस्नेहरूका लागि खतरा निम्त्याउन सक्छ ? भन्ने सवाल उठिरहेका छन् ।
अमेरिकी म्यागजिन द सनमा छापिएको रिपोर्टका अनुसार तियाङगोङ अन्तरिक्ष स्टेशनमा भेटिएको यो ब्याक्टेरियाको विशेषता यही हो कि यसलाई बाँच्न धेरै केही चाहिदैंन । प्रतिकूल परिस्थितिमा पनि यो सहजै बाँच्न सक्छ ।
यो ब्याक्टेरियालाई नोभोहर्बासिलम टियाङ्गोन्जेन्सिस भनिएको छ । शेन्झाउ स्पेस बायोटेक्नोलोजी ग्रुप र बेइजिङ इन्स्टिच्युट अफ स्पेसक्राफ्ट सिस्टम इन्जिनियरिङका वैज्ञानिकहरूका अनुसार यो ब्याक्टेरिया कसरी तियाङगोङ पुग्यो भन्ने कुरा अझै पनि रहस्यमै छ ।
अन्तरिक्षमा कसरी फस्टाउँछ ब्याक्टेरिया ?
अन्तरिक्षमा ब्याक्टेरिया कसरी फस्टायो ? के यो पृथ्वीबाट बीजाणुको रूपमा गएको थियो कि यो अन्तरिक्ष स्टेशनको विशेष वातावरणमा नै उत्पन्न भयो ? वैज्ञानिकहरूसँग यसको उत्तर अझै छैन ।
माइक्रोबायोलोजी जर्नलमा हालै प्रकाशित एक अनुसन्धानका अनुसार, यो नयाँ ब्याक्टेरियाले जिलेटिनलाई तोड्न सक्छ र त्यसबाट नाइट्रोजन र कार्बन निकाल्न सक्छ । यो विशेषताले यसलाई अद्वितीय बनाउँछ । यस कारणले गर्दा, यो ब्याक्टेरियाले कठिन परिस्थितिमा पनि आफ्नो वरिपरि बलियो सुरक्षात्मक कवच बनाउँछ ।
अचम्मको कुरा के छ भने, यो ब्याक्टेरियाको एक प्रजाति पृथ्वीमा पनि छ, जसले कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूमा सेप्सिस जस्तो खतरनाक रोग फैलाउन सक्छ । पृथ्वीमा रहेका यस प्रजातिका ब्याक्टेरिया अन्य चीजहरू खाएर बाँच्छन्, तर अन्तरिक्षमा रहेको यो ब्याक्टेरिया जिलेटिनमा मात्र निर्भर छ । यसको ताकत र खतरनाक प्रकृति देखेर वैज्ञानिकहरू यसले अन्तरिक्ष यात्रीहरूलाई समस्या निम्त्याउने पो हो कि भनेर चिन्तित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण