४६ वर्षको उमेरमा बक्सिङ रिङमा फर्कँदैछन् फिलिपिन्सका पूर्व सांसद मानी
काठमाडौँ । फिलिपिन्सका चर्चित मुक्केबाज मानी पाकियाओ ४६ वर्षको उमेरमा फेरि बक्सिङ रिङमा फर्कने भएका छन् । पूर्वसाँसद समेत रहेका मानी आफ्नो अन्तिम भिडन्तको करिब चार वर्षपछि फेरि रिङमा फर्कन लागेका हुन् ।
मानीले जुलाई १९ तारिखमा लस भेगासमा डब्लूबीसी वेल्टरवेट च्याम्पियन मारियो ब्यारियोससँग भिडन्त गर्ने समाचारमा जनाइएको छ । ‘मारियोसँगको भिडन्तका लागि अन्तिम तयारी गरिरहेको छु,’ मानीले भनेका छन् ।
मानी विश्वकै सबैभन्दा बढी उमेरको वेल्टरवेट विश्व च्याम्पियन बन्ने धुनमा छन् । ‘म इतिहास रच्ने लक्ष्यसहित फेरि बक्सिङ रिङमा फर्कन लागेको हुँ । आगामी भिडन्तलाई लिएर पनि म निकै उत्साही छु,’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।
अहिले पनि विश्वको सबैभन्दा बढी उमेरको वेल्टरवेट च्याम्पियन बक्सरको कीर्तिमान मानीकै नाममा छ । उनले सन् २०१९ मा किथ थर्मनलाई हराएर डब्लूबीए उपाधि चुमेका थिए । त्यतिबेला उनको उमेर ४० वर्ष थियो ।
डब्लूबीसीले गत सातामात्र मानीलाई पाँचौँ वरीयता प्रदान गरेको थियो । ‘मानीलाई नेभाडाले अनुमतिपत्र दिएको छ । उनी स्वास्थ्य परीक्षण पनि उत्तीर्ण भएका छन् । हामीले उनको आगामी भिडन्तलाई अनुमोदन पनि गरेका छौँ,’ डब्लूबीसीका अध्यक्ष माउरिसियो सुलिमानले भनेका छन् ।
यसअघि मानीले अन्तिम भिडन्त सन् २०२१ को अगस्तमा गरेका थिए । उक्त भिडन्तमा उनी योर्डेनिस युगाससँग पराजित भएका थिए । विश्व बक्सिङका यी महान खेलाडी चार पटकका वेल्टरवेट च्याम्पियन हुन् ।
मानीले हालसम्म ६२ भिडन्तमध्ये केवल आठ वटामा हार भोगेका छन् । दुई भिडन्त बराबरीमा सकिएको छ । सक्रिय खेल जीवनबाट टाढिएपछि उनी राजनीतिमा थप सक्रिय बनेका थिए ।
तर, अघिल्लो साता भएको संसदीय निर्वाचनमा उनी पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण