सगरमाथा आरोही छत्यालको बढुवा, दर्ज्यानी चिन्ह प्रदान
सारांश
- सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याल सगरमाथा आरोहण गरी नायव निरीक्षकमा बढुवा भएका छन्।
- सशस्त्र प्रहरी महानिरीक्षकले छत्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्दै बधाई दिए, साथै अन्यलाई पनि हौसला प्रदान गरे।
- छत्यालले सगरमाथाको चुचुरोमा 'सगरमाथा संवाद' र सशस्त्र प्रहरी बलको झण्डा फहराएका थिए।
काठमाडौँ । सगरमाथा संवादको सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फिर्ता भएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई एक तह बढुवा गरिएको छ ।
सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेबापत सशस्त्र प्रहरी बल नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा पदोन्नति गरेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बिहीबार सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका छत्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै सगरमाथा सफल आरोहणको बधाई समेत दिए । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूले सगरमाथा आरोहण गर्न सक्छु भन्ने भावना लिई साहसिक कार्य गर्दा सबैमा हौसला मिल्ने चर्चा गर्दै सगरमाथा आरोहण गर्ने व्यक्तिको मात्र नभई देश र संगठनको नाम समेत उच्च रहने बताए ।
उनले सगरमाथा लगायतका हिमालहरू आरोहण गर्ने आट, साहस र हौसला सबैमा प्रदान होस् भन्ने विश्वास प्रकट गर्नुहुँदै आगामी वर्षदेखि सशस्त्र प्रहरी बल नेपालका सबै प्रदेश कार्यालयहरूमा हिमाल आरोहण गर्ने अभियान नै सुरु गर्ने बताए ।
यही जेठ ४ गते बिहान ९ः२० बजे उनले सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए । सशस्त्र प्रहरी नायव निरीक्षक छत्याल सगरमाथा आरोहण लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण