राजेन्द्र महतो अमेरिका जाँदै
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो जेठ ९ गते शुक्रबार अमेरिका प्रस्थान गर्ने भएका छन् ।
अमेरिकामा बसोबास गर्ने मधेशी समुदायको साझा संस्था मधेसी एसोसिएशन इन अमेरिका (माँ) ले आयोजना गर्न लागेको चौथो राष्ट्रिय सम्मेलनमा भाग लिन उनी अमेरिका जान लागेका हुन् ।
'मधेशी के शान, अपन संस्कृति अपन पहचान, माँ के अभियान मधेशीके समग्र उत्थान' भन्ने मूल नारासहितको यो सम्मेलन अमेरिकाको भर्जिनिया राज्यको मानसस सहरमा मे २५ तारिख, मेमोरियल डे विकएन्डको अवसर पारेर आयोजना हुँदैछ ।
अध्यक्ष महतो सम्मेलनका प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन् । उनी अमेरिका भ्रमणमा १० दिन रहने र त्यसपश्चात कतार प्रस्थान गर्ने कार्यक्रम रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले जनाएको छ । कतारमा पनि उनी चार दिन रहनेछन् ।
संस्थाका अनुसार सम्मेलनमा अमेरिकाका विभिन्न राज्यहरूबाट उल्लेखनीय मधेशी समुदायको सहभागिता हुने अपेक्षा गरिएको छ । नेपालका लागि अमेरिकी राजदूतावासका प्रतिनिधिहरू, मधेशका विशिष्ट व्यक्तित्वहरू, समाजसेवी तथा बुद्धिजीवीहरूको पनि सम्मेलनमा सहभागिता रहनेछ ।
आयोजक संस्थाका अध्यक्ष संगीत रौनियारले सम्मेलनको तयारी तीव्र रूपमा भइरहेको बताउँदै भने, 'मधेशी समुदायको समग्र हित, पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न हामी निरन्तर क्रियाशील छौं ।'
त्यस्तै वरिष्ठ उपाध्यक्ष तथा इभेन्ट कोर्डिनेटर मनोज सिंहले सम्मेलनमा उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै भने, 'हामी जहाँ भए पनि आफ्नो जरा र पहिचानलाई बिर्सँदैनौं । यो सम्मेलन हाम्रो एकताको प्रतीक हो ।'
संस्थाले अमेरिका भरिका सम्पूर्ण मधेशी समुदायलाई सम्मेलनमा सहभागी भई आपसी सहकार्य, संस्कृति र एकताको सन्देश फैलाउन आह्वान गरेको छ । सम्मेलनबाट प्रवासमा रहेका मधेशीहरू अझ संगठित हुने र मधेशको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण