हाम्रो पे र नबिल बैंकबिच सहकार्य
सारांश
- हाम्रो पात्रो र नबिल बैंकबीचको सहकार्यले प्रयोगकर्ताहरूका लागि अब मोबाइल बैंकिङ एपबाटै हाम्रो पे वालेटमा रकम लोड गर्न सकिने सुविधा थपिएको छ।
- नबिल बैंकका ग्राहकहरूले अब केही सेकेन्डमै हाम्रो पे वालेटमा पैसा पठाउन र क्यासब्याक तथा अफरहरूको लाभ उठाउन सक्नेछन्।
- छिट्टै हाम्रो पेमा नबिल बैंक लिङ्क गर्ने र कार्डरहित एटीएमबाट रकम झिक्न सक्ने सुविधा पनि सुरु हुँदैछ।
काठमाडौँ । हाम्रो पात्रोको आफ्नै डिजिटल वालेट ‘हाम्रो पे’ र नबिल बैंक बिच प्रयोगकर्ताहरूका लागि अब थप सुविधा हुनेगरि सहकार्य भएको छ । अबदेखि नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी हाम्रो पे वालेटमा सजिलै रकम लोड गर्न सकिने सुविधा उपलब्ध भएको हो।
यो सुविधा अन्तर्गत अब नबिल बैंकका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङबाटै केही सेकेन्डमा हाम्रो पे वालेटमा पैसा पठाउन सक्नेछन् र हाम्रो पेले प्रदान गर्दै आइरहेको क्यासब्याक र अफरहरूको लाभ उठाउन सक्नेछन् । यो सहकार्यले डिजिटल भुक्तानीलाई अझ सरल, द्रुत र सुरक्षित बनाउने विश्वास लिइएको छ।
हाम्रो पेमा नबिल बैंक लिङ्क गर्ने सुविधा पनि शीघ्र सुरु हुँदैछ। यस सुविधाबाट प्रयोगकर्ताहरूले आफ्नो बैंक खाता सिधै हाम्रो पेमा लिंक गरी रकम स्थानान्तरण तथा अन्य वित्तीय कारोबार गर्न सक्नेछन्। यसले डिजिटल वालेट र बैंक खाताबिचको सम्बन्धलाई अझ सहज बनाउनेछ।
त्यसबाहेक, नबिल बैंकका ग्राहकहरूका लागि हाम्रो पेबाट कार्डरहित रूपमा रकम बैंकको एटीएमबाट निकाल्न सकिने सुविधा पनि चाँडै सुरु गरिँदैछ। यसले प्रयोगकर्तालाई फिजिकल कार्डको आवश्यकता बिना मोबाइल एपबाटै रकम झिक्न सक्ने सुविधा दिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण