पाल्पाको तिनाउ ड्याम साइडमा डुबेका भारतीय युवक बेपत्ता
बिहीबार, ०८ जेठ २०८२, १९ : १५
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइडमा पौडी खेल्ने क्रममा एक भारतीय युवक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भारत महाराजगञ्जज जिल्लाअन्तर्गत नौतनवा निवासी १८ वर्षीय सोएब अन्सारी रहेका प्रहरीले जनाएको छ ।
दोभान प्रहरी चौकीका अनुसार अन्सारी दाजुभाइ र साथीसहित बुटवल घुम्न आएका थिए ।
घुम्दै तिनाउ खोलाको ड्यामसाइड पुगेका उनीहरूमध्ये पौडी खेल्ने क्रममा अन्सारी ड्यामनेर डुबेका अन्सारी फेला पर्न नसकेका प्रहरी चौकी दोभानका प्रमुख रोम केसीले रातोपाटीलाई जानकारी दिए ।
उनले खोलामा धमिलो पानीको बहाव बढेकाले खोजीमा कठिनाइ भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण