पाल्पाको तिनाउ ड्याम साइडमा डुबेका भारतीय युवक बेपत्ता
बिहीबार, ०८ जेठ २०८२, १९ : १५

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइडमा पौडी खेल्ने क्रममा एक भारतीय युवक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भारत महाराजगञ्जज जिल्लाअन्तर्गत नौतनवा निवासी १८ वर्षीय सोएब अन्सारी रहेका प्रहरीले जनाएको छ ।
दोभान प्रहरी चौकीका अनुसार अन्सारी दाजुभाइ र साथीसहित बुटवल घुम्न आएका थिए ।
घुम्दै तिनाउ खोलाको ड्यामसाइड पुगेका उनीहरूमध्ये पौडी खेल्ने क्रममा अन्सारी ड्यामनेर डुबेका अन्सारी फेला पर्न नसकेका प्रहरी चौकी दोभानका प्रमुख रोम केसीले रातोपाटीलाई जानकारी दिए ।
उनले खोलामा धमिलो पानीको बहाव बढेकाले खोजीमा कठिनाइ भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु
-
राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’
-
दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला