सहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगितामा सात टोली
सारांश
- सहिद स्मृति स्पोर्टस एकेडेमीले जेठमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने। जसमा रग्बी, ब्याडमिन्टन, तेक्वान्दो र फुटसल खेलहरू समावेश छन्।
- प्रतियोगिता अन्तर्गत, नेपाल रग्बी संघको प्राविधिक सहयोगमा जेठ १२ गतेदेखि महिला रग्बी सेभेन्स प्रतियोगिता हुने। दशरथ रंगशालामा खेलहरू आयोजना हुनेछन्।
- प्रतियोगितामा १९ लाख रुपैयाँ खर्च हुने अनुमान छ, जसमध्ये सहिद स्मृतिले ११ लाख र बाँकी रकम नेपाल रग्बी संघले व्यहोर्नेछ। विजेतालाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।
काठमाडौँ । सहिद स्मृति स्पोर्टस एकेडेमीले जेठमा प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा चारवटा खेल समावेश गरिएको आयोजकले जनाएको छ ।
रग्बी, ब्याडमिन्टन, तेक्वान्दो र फुटसल खेललाई प्रतियोगितामा समावेश गरिएको जानकारी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिइयो । यसै क्रममा नेपाल रग्बी संघको प्राविधिक सहयोगमा जेठ १२ गतेदेखि सहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने छ । महिला रग्बी प्रतियोगितामा कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका टोलीको अतिरिक्त त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबको सहभागिता रहनेछ ।
प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुने जानकारी सहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिताका संयोजक दिपक अधिकारीले दिए । प्रतियोगिता सम्पन्न गर्न १९ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ
त्यसमध्ये सहिद स्मृति स्पोर्टस एकेडेमीले ११ लाख रुपैयाँ उपलब्ध गराउने छ । बाँकी रनको व्यवस्था नेपाल रग्बी संघले गर्ने बताइएको छ । प्रतियोगितामा सहभागी खेलाडीका लागि एक लाख २५ हजार रुपैयाँ बराबरको दुर्घटना बिमाको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।
रग्बी प्रतियोगितामा पहिलो हुने टोलीलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । दोस्रो हुने टोलीलाई ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ । प्रतियोगिताको एकजना उत्कृष्ट खेलाडीलाई पनि सात हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण