विद्युतको नियमित आपूर्ति र ग्राहकको गुनासो सम्बोधन गर्ने अभियान कोशीबाट थालेका छौँ : हितेन्द्रदेव शाक्य
सारांश
- नेपाल विद्युत प्राधिकरणले विश्वसनीय विद्युत आपूर्तिको समस्या समाधानको लागि गुनासो सुन्ने अभियान सुरु गरेको छ।
- प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोशी प्रदेशबाट अभियान थालेका हुन्, जसले उद्योगी र व्यवसायीसँग छलफल गरे।
- शाक्यले लोडसेडिङको हल्लालाई चिर्दै, उपभोक्ताका गुनासो सम्बोधन गरी नियमित विद्युत आपूर्तिका लागि प्रतिबद्धता जनाए।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विश्वसनीय विद्युत् आपूर्तिमा देखिएका समस्या समाधानको लागि गुनासो सुन्ने अभियानको थालनी गरेको छ । विद्युत् प्राधिकरणबाट सरकारले कुलमान घिसिङलाई हटाएसँगै लोडसेडिङ हुने हल्ला भइरहेको अवस्थामा प्राधिकरणले यस्तो अभियानको थालनी गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफैँ विद्युत् आपूर्तिमा देखिएका समस्याका विषयमा सरोकारवालाहरूको गुनासा र प्राविधिक समस्याहरूको जानकारी लिने र समस्याको पहिचान गरी समाधान गर्ने अभियानमा लागेका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले विश्वसनीय विद्युत् आपूर्तिका लागि भएका समस्या र गुनासो सुनी समाधान गर्ने अभियानको सुरुवात कोशी प्रदेशबाट सुरु गरिएको जानकारी दिए । उनले बिहीबार कोशी प्रदेशको विराटनगरका उद्योगी, व्यवसायी र वितरण केन्द्रका प्रमुखहरूसँग छलफल गरी वरिपरिका सब–स्टेसन र वितरण केन्द्रको अनुगमन गरेको बताए ।
उनले शाक्यले सामाजिक सञ्जालमा अनावश्यक रूपमा लोडसेडिङको हल्ला चलाइएको अवस्थामा विश्वसनीय विद्युत् आपूर्ति गरी हल्लालाई काम गरेर देखाउनको लागि अभियानकै रूपमा गुनासो सुन्ने र तत्काल समस्याको समाधान गर्न निस्किएको बताए ।
उनले भने, ‘प्राधिकरणको प्रमुख प्राथमिकता विश्वसनीय विद्युत् आपूर्तिमा हो । त्यसैले कोशी प्रदेशका सरोकारवालाहरूसँग डेडिकेटेड फिडर, विद्युतको विश्वसनीयता, नियमित विद्युत आपूर्तिलगायतका विषयमा केन्द्रित भएर छलफल गरेका छौँ ।’
कार्यकारी निर्देशक शाक्यले उपभोक्ताहरूको गुनासो सम्बोधन गरी नियमित र विश्वसनीय विद्युत् आपूर्तिमा प्राधिकरण प्रतिबद्ध रहेको बताए । उनले कोशी प्रदेशमा विद्युत् आपूर्तिमा देखिएका समस्या समाधान गरी नियमित विद्युत् आपूर्ति गर्ने निर्देशन दिएको बताए ।
उनले अब वीरगन्ज, भैरहवा, नेपालगन्जलगायतका स्थानहरूमा समेत अभियानलाई निरन्तरता दिने बताए । शाक्यले भने, ‘हामीले बुझेको समस्या एक खालको हुन्छ । उद्योगी र उपभोक्ताहरूका समस्या र गुनासा हामीले बुझेको भन्दा फरक पनि हुन सक्छन् । त्यसैले हामी उहाँहरूका पनि समस्या सुनेर समस्याको पहिचान गर्दै अघि बढ्छौँ ।’
शाक्यले प्राधिकरणको अभियान छलफल मात्रै नभई समाधानको खोजी पनि भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण