नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्यमा सर्वसम्मत

काठमाडौँ । नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ । जेनेभामा जारी सङ्गठनको ७८ औँ महासभाका क्रममा नेपाल दक्षिण पूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत निर्वाचित भएको हो ।
अब नेपाल तीन वर्ष सङ्गठनको कार्यकारी समितिमा रहनेछ । निर्वाचित भए लगत्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यो नेपालका लागि स्वास्थ्य सेवा सुधारमा आफ्ना असल स्वास्थ्य अभ्यासको प्रसार र विश्वका असल अभ्यासको अनुकरणको ठुलो अवसर भएको उल्लेख गरेका छन् ।
मन्त्री पौडेलले यसका लागि सबै नेपालीलाई बधाई समेत दिएका छन् । नेपालले आगामी वर्ष आप्रवासी श्रमिकको स्वास्थ्यका लागि रोजगारदातालाई जिम्मेवार बनाउन सङ्कल्प प्रस्ताव लैजाने तयारी गरेको मन्त्री पौडेलले बताए ।
यसले नेपाली श्रमिक तथा विश्वभरका श्रमिकको स्वास्थ्यका पक्षमा महत्त्वपूर्ण योगदान पुग्ने उनले विश्वास गरे । उक्त जिम्मेवारीले नेपाली श्रमिकको स्वास्थ्य रक्षाका मुद्दामा विश्वव्यापी समर्थन जुटाउन योगदान पुग्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट
-
फ्राईडे रिलिज : राजेशको ‘नरसिंहा : अवतार’सँग भिड्दै तीन विदेशी फिल्म
-
डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला
-
पोखरा विमानस्थलको भ्रष्टाचार छानबिन गर्न लेखा समितिले पठायो अख्तियारलाई पत्र
-
‘कुलिङ पिरियड’ को प्रावधान यथावत रहन्छ : मन्त्री गुप्ता