३ महिनामा ७४ महिला तथा किशोरी बलात्कृत, आधाभन्दा बढी १८ वर्ष मुनिका
शुक्रबार, ०९ जेठ २०८२, १५ : ३५
सारांश
- ओरेकको प्रतिवेदन अनुसार, पछिल्लो तीन महिनामा देशभर ७४ जना महिला र किशोरी बलात्कारमा परेका छन्।
- बलात्कारका घटनामध्ये ५१ प्रतिशत पीडित १८ वर्षभन्दा कम उमेरका बालिकाहरू रहेका छन्।
- पीडकमध्ये अधिकांश १८ देखि २५ वर्ष उमेर समूहका किशोर तथा युवा र ५४ प्रतिशत घटनामा आफन्तको संलग्नता रहेको पाइएको छ।
काठमाडौँ । पछिल्लो तीन महिनामा देशभर ७४ जना महिला र किशोरी बलात्कारमा परेका छन्। महिला पुनर्स्थापना केन्द्र (ओरेक) को प्रतिवेदन अनुसार, माघदेखि चैत २०८१ सम्म अभिलेखित ३१७ वटा महिला हिंसासम्बन्धी घटनामध्ये २३ प्रतिशत बलात्कारका रहेका छन्।
बलात्कृतमध्ये ५१ प्रतिशत पीडित १८ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरी हुन्। प्रतिवेदनमा उल्लेख गरिएअनुसार पीडकमध्ये सबैभन्दा बढी १८ देखि २५ वर्ष उमेर समूहका किशोर तथा युवा रहेका छन्।
बलात्कारका घटनामा ५४ प्रतिशतमा श्रीमान, छिमेकी वा आफन्त जस्ता आफन्तवत् मानिने व्यक्तिहरू संलग्न छन्। विशेषगरी घरभित्रै हुने यस्ता घटनाले पीडितलाई कानुनी उजुरी दिन समेत कठिन बनाइरहेको देखिएको केन्द्रकी अध्यक्ष सविता पोखरेलले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण