भिजिट भिसा प्रकरण : थप ६ कर्मचारी तानिए (सूचीसहित)

समाचार सारांश
- गृह मन्त्रालयले भिजिट भिसामा बदमासी गरेको आरोपमा थप ६ जना अध्यागमन कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सरुवा गरेको छ।
- यसअघि ९ कर्मचारी सरुवा गरिसकेको मन्त्रालयले नायब सुब्बाहरूलाई विभिन्न जिल्ला प्रशासन कार्यालयमा पठाएको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरुवा भएका प्रमुखसहित कर्मचारीको मोबाइल जफत गरी अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । भिजिट भिसामा बदमासी गरेको प्रकरणमा गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका थप ६ कर्मचारीलाई तानेको छ ।
यसअघि कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईसहित ९ कर्मचारीलाई तानेको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले थप ६ कर्मचारीलाई तानेको छ ।
कर्मचारी प्रशासन शाखाबाट रातोपाटीलाई प्राप्त सूचीअनुसार तानिनेमा ६ नायब सुब्बाहरू छन् । उनीहरूलाई बिहीबारमात्रै तानिएको मन्त्रालय स्रोतले जानकारी दियो । यद्यपि उनीहरूलाई दिइएको पत्रमा मिति भने मंगलबारको राखिएको छ ।
त्यहाँबाट तानिएका युवराज श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक पठाइएको छ । त्यस्तै दत्त लामालाई जिल्ला प्रशासन कार्यालय जाजरकोट, गोविन्दप्रसाद अधिकारीलाई जिल्ला प्रशासन कार्यालय गोरखा र तेजराज गौतमलाई जिल्ला प्रशासन कार्यालय बागलुङ पठाइएको छ ।
सुवास केसीलाई जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुम र कुवेर प्रसाद दाहाललाई जिल्ला प्रशासन कार्यालय धनकुटा सरुवा गरिएको प्राप्त सूचीमा उल्लेख छ ।
तानिएका मध्य चार जना त्यस कार्यालयमा काजमा गएका थिए । लामाको अध्यागमन विभाग, गौतमको अध्यागमन विभाग, केसीको इलाका प्रशासन कार्यालय सातविसे नुवाकोट र दाहालको अध्यागमन विभागमा दरबन्दी रहेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा काजमा थिए ।
यी सुब्बाहरूलाई पनि कार्यालय प्रमुख भट्टराईले सेटिङमा प्रयोग गर्ने गरेको सूचनाका आधारमा सरुवा गरिएको निकटस्थ स्रोतले जानकारी दियो ।
भिजिट भिसा प्रकरणका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार कार्यालयमा छापा मारेर सरुवा भइसकेका तर रमाना नबुझेका प्रमुख भट्टराईलाई नियन्त्रणमा लिई उनको मोबाइल जफत गरेको थियो । अख्तियारले उनलाई छोडे पनि मोबाइल भने अनुसन्धानका लागि ‘फरेन्सिक ल्याब’मा पठाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कला–संस्कृति राष्ट्रको गौरव हुन्ः मन्त्री पाण्डे
-
विपद् जोखिम न्यूनीकरणबारे जेनेभामा सशस्त्रका महानिरीक्षकको सम्बोधन
-
मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ
-
विश्वमा नयाँ वित्तीय व्यवस्था र सशक्त सहकार्यमा प्रधानमन्त्रीको जोड
-
वाईसीएलको नेतृत्व छनोट बुधबार, पदाधिकारीमा ९९ जना आकाङ्क्षी
-
प्रधानमन्त्रीसँग सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल