वनमन्त्री शाही र चीनका प्रशासक लिउबिच भेटवार्ता
सारांश
- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र चीनका अधिकारीबीच भेटवार्ता भयो, जसमा नेपाल-चीन सम्बन्धबारे छलफल भयो।
- मन्त्री शाहीले मानव-वन्यजन्तु द्वन्द्व, पारिस्थितिक प्रणाली पुनस्र्थापना लगायतका क्षेत्रमा चीनसँग प्राविधिक सहयोगको आग्रह गरे।
- नेपाल इन्बारको अध्यक्ष राष्ट्रको रूपमा १३औँ बैठकको अध्यक्षता गर्न चीन गएको र सहयोगका थप अवसर खोज्न इच्छुक रहेको बताए।
काठमाडौँ । चीन भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका प्रशासक लिउ गुओहोङले भेटवार्ता गरेका छन् । त्यस अवसरमा मन्त्री शाहीले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै चीनको एक घनिष्ट मित्र, विकास साझेदार र असल छिमेकीका रूपमा नेपालले सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिएको उल्लेख गर्नुभएको उनको सचिवालयले जनाएको छ ।
दुई देशबिच विभिन्न तहमा हुने नियमित भ्रमण आदानप्रदानले विद्यमान सम्बन्धलाई थप सुदृढ बनाउँदै लगेको उनको भनाइ थियो । मन्त्री शाहीले मानव–वन्यजन्तु द्वन्द्व, पारिस्थितिक प्रणाली पुनस्र्थापना, विपद् जोखिम न्यूनीकरण र मरुभूमि तथा सीमान्तकृत भूमिको पुनरुत्थान, बाँस र बेतको आनुवंशिक सुधारमा संयुक्त सहकार्य, काठ प्रशोधन, बाँस र बेतका उत्पादनहरू विकास, वन्यजन्तु पालन आदिमा चीनबाट प्राविधिक सहयोगलगायत विषयमा सहकार्यका लागि आग्रह गर्नुभएको थियो । उहाँले नेपालबाट दुईवटा गैँडा हस्तान्तरण गर्ने प्रक्रियालाई अन्तिम रूप दिने कार्य अघि बढेको अवगत गराए ।
चीनको बेइजिङमा अन्तरराष्ट्रिय बाँस तथा बेत सङ्गठन (इन्बार) परिषद्को १३औँ बैठकको अध्यक्षता गर्न शाही चीन भ्रमणमा गएका हुन् । नेपाल हाल इन्बारको अध्यक्ष राष्ट्र हो । मन्त्री शाहीले इन्बारको संस्थापक सदस्य तथा १३औँ परिषद्को अध्यक्षका रूपमा नेपाल यसका कार्यक्रमहरू र १३औँ परिषद् बैठकको नतिजा कार्यान्वयन गर्न तथा सहयोगका थप अवसरहरू खोज्न सबै सदस्य राष्ट्रहरूसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरेका थिए ।
सन् १९९७ मा स्थापित अन्तर्राष्ट्रिय बाँस तथा बेत सङ्गठन एक अन्तरसरकारी विकास सङ्गठन हो, जसले बाँस तथा बेतको प्रयोग गरी वातावरणीय रूपमा दिगो विकासलाई प्रवर्द्धन गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण