कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार, नेपाल फर्काइयाे
शुक्रबार, ०९ जेठ २०८२, १६ : ५४

काठमाडौँ । कम्बोडियामा अलपत्र दुई नेपाली नागरिकको उद्धार गरिएको छ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली (एक महिला र एक पुरुष) को नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी शुक्रबार नेपाल फर्काएको हो ।
शुक्रबार नेपाली राजदूतावास बैंककले प्रेस विज्ञप्ति जारी गर्दै दुई नेपाली नागरिकहरुको उद्धार गरेर नेपाल फर्काएको बताएको हो ।
‘नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्याणलगायत बैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ,’दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट