स्वास्थ्य बिमा बोर्डको माग दाबीसम्बन्धी तथ्याङ्क हरायो

समाचार सारांश
- स्वास्थ्य बिमा बोर्डले तथ्याङ्क हराएपछि सूचीकृत अस्पतालहरूलाई माग दाबीसम्बन्धी विवरण फेरि पठाउन ताकेता गरेको छ।
- सर्भरमा समस्या आएका कारण डाटा हराएको र रिस्टोर गर्ने प्रयास असफल भएको बोर्डका सूचना अधिकारीले बताए।
- बोर्डले अस्पतालहरूलाई असारदेखि असोजसम्मको विवरण १५ गतेभित्र पठाउन र असारसम्मको दाबी जेठ १२ गतेभित्र अपलोड गर्न निर्देशन दिएको छ।
काठमाडौँ । तथ्याङ्क (डाटा) हराएपछि स्वास्थ्य बिमा बोर्डले सूचीकृत अस्पताललाई माग दाबीसम्बन्धी तथ्याङ्क फेरि पठाउन पटक पटक ताकेता गरेको छ । सर्भर तथा डाटा स्टोरेजमा समस्या आएको भन्दै बोर्डले यस्तो ताकेता गरेको हो ।
गत चैत २८ गते बोर्डको सिस्टममा समस्या हुँदा अस्पतालहरूले सर्भरमार्फत गर्ने मागदाबीमा अवरोध भएको थियो । सोही समस्याका कारण डाटा समेत हराएको छ । यसअघि रुजु हुन बाँकी डाटा हराएपछि बोर्डले यसअघि वैशाख १२ गते सबै अस्पताललाई वैशाखदेखि असारसम्मको मागदाबी फेरि गर्न भनेको थियो ।
अहिले फेरि असारदेखि असोजसम्मको मागदाबीको विवरण पठाउन ताकेता गरेको हो । बिहीबार बोर्डले गरेको सर्कुलरमा १५ गतेभित्र पठाउन सर्कुलर गरेको हो । साथै असारसम्मको दाबी गर्न बाँकी रहेको विवरण समेत जेठ १२ गतेभित्र अपलोड गर्न निर्देशन दिएको छ ।
बोर्डका सूचना अधिकारी विकेश मल्लले गत वर्ष असार मसान्तसम्म परेको दाबीको रुजु गरिसकेको तथा असोजसम्मको रुजु बाँकी गरिरहेको भन्दै सर्भरमा आएको समस्याका कारण डाटा नदेखिएको र रिस्टोर गर्ने प्रयास समेत सफल भइनसकेकोले समाधान भइनसकेको समेत कारणले फेरि अपलोड गर्न भनिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यथास्थितिवादी र प्रतिगामीहरूको बिचमा साँठगाँठ देखिएको भन्दै ओलीमाथि खनिए प्रचण्ड
-
ईशान चम्किँदा बेंगलुरुसामु २ सय ३२ रनको लक्ष्य
-
रास्वपाका कार्यकर्ता भन्छन्– सर्वोच्चको आदेश स्वीकार गर्छौ तर दुःखी छौँ
-
यी हुन् रवि र छविलाई थुनामै राख्न सर्वोच्चले लिएका आधारहरू
-
एक सयको हिसाब नमिल्दा क्याम्पस प्रमुखमाथि आक्रमण
-
सर्वोच्चले भन्यो : उच्च अदालतका न्यायाधीशमाथि लाञ्छनापूर्ण र अशोभनीय टीका टिप्पणी नगर्नू