स्वास्थ्य बिमा बोर्डको माग दाबीसम्बन्धी तथ्याङ्क हरायो
सारांश
- स्वास्थ्य बिमा बोर्डले तथ्याङ्क हराएपछि सूचीकृत अस्पतालहरूलाई माग दाबीसम्बन्धी विवरण फेरि पठाउन ताकेता गरेको छ।
- सर्भरमा समस्या आएका कारण डाटा हराएको र रिस्टोर गर्ने प्रयास असफल भएको बोर्डका सूचना अधिकारीले बताए।
- बोर्डले अस्पतालहरूलाई असारदेखि असोजसम्मको विवरण १५ गतेभित्र पठाउन र असारसम्मको दाबी जेठ १२ गतेभित्र अपलोड गर्न निर्देशन दिएको छ।
काठमाडौँ । तथ्याङ्क (डाटा) हराएपछि स्वास्थ्य बिमा बोर्डले सूचीकृत अस्पताललाई माग दाबीसम्बन्धी तथ्याङ्क फेरि पठाउन पटक पटक ताकेता गरेको छ । सर्भर तथा डाटा स्टोरेजमा समस्या आएको भन्दै बोर्डले यस्तो ताकेता गरेको हो ।
गत चैत २८ गते बोर्डको सिस्टममा समस्या हुँदा अस्पतालहरूले सर्भरमार्फत गर्ने मागदाबीमा अवरोध भएको थियो । सोही समस्याका कारण डाटा समेत हराएको छ । यसअघि रुजु हुन बाँकी डाटा हराएपछि बोर्डले यसअघि वैशाख १२ गते सबै अस्पताललाई वैशाखदेखि असारसम्मको मागदाबी फेरि गर्न भनेको थियो ।
अहिले फेरि असारदेखि असोजसम्मको मागदाबीको विवरण पठाउन ताकेता गरेको हो । बिहीबार बोर्डले गरेको सर्कुलरमा १५ गतेभित्र पठाउन सर्कुलर गरेको हो । साथै असारसम्मको दाबी गर्न बाँकी रहेको विवरण समेत जेठ १२ गतेभित्र अपलोड गर्न निर्देशन दिएको छ ।
बोर्डका सूचना अधिकारी विकेश मल्लले गत वर्ष असार मसान्तसम्म परेको दाबीको रुजु गरिसकेको तथा असोजसम्मको रुजु बाँकी गरिरहेको भन्दै सर्भरमा आएको समस्याका कारण डाटा नदेखिएको र रिस्टोर गर्ने प्रयास समेत सफल भइनसकेकोले समाधान भइनसकेको समेत कारणले फेरि अपलोड गर्न भनिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण