संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयहरूलाई अघि बढाउन कांग्रेस दृढ: देउवा
सारांश
- शेरबहादुर देउवाले संसदमा विचाराधीन विधेयकहरू अघि बढाउन कांग्रेस प्रतिबद्ध रहेको बताए।
- देउवाले अघिल्लो सरकारले ल्याएका कानुन कार्यान्वयनमा जोड दिँदै, श्रम ऐनको कार्यान्वयनमा पहल गर्ने बताए।
- कांग्रेस सभापति देउवाले श्रमिक तथा ट्रेड युनियन विभागको कार्यक्रममा सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन्।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयहरूलाई अघि बढाउन कांग्रेस दृढ रहेको बताएका छन् ।
नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको एक कार्यक्रममा सभापति देउवाले यसअघि कांग्रेस नेतृत्वको सरकारले विभिन्न महत्त्वपूर्ण कानुन ल्याएको भन्दै अव पनि संसदमा विचाराधीन रहेका निजामती, शिक्षा लगाएका महत्त्वपूर्ण विधेयहरूलाई अघि बढाउन कांग्रेस दृढ रहेको बताएका हुन् ।
उनले सदनले पारित गरेका कानुनहरूलाई व्यवहारमा नै कार्यान्वयन गर्नु आवश्यक रहेको धारणा राखे । नेपालको वर्तमान संविधान कांग्रेस नेतृत्वकै सरकारले जारी गरेको भन्दै उनले संविधानले योगदानमा आधारित सुरक्षाको प्रत्याभूत गरेको जिकिर गरे । श्रमसम्बन्धी विभिन्न कानुनहरू पनि आफूहरू प्रधानमन्त्री भएकै समयमा जारी गरिएको उनले बताए ।
सभापति देउवाले श्रम क्षेत्रको कानुन कार्यान्वयनमा केही समस्या रहेको गुनासो आएको भन्दै श्रम ऐनको पूर्ण कार्यान्वयनमा कांग्रेसले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण