पहुँचका आधारमा बजेट छुट्याउने प्रवृत्तिलाई रोक्नुपर्छ : मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बाहदुर सिंह लामाले पहुँचको आधारमा बजेट छुट्याउने प्रवृत्तिले बजेट निर्माणमा जटिलता थपेको भन्दै त्यसलाई निरुत्साहित गर्नुपर्ने बताएका छन्।
गाउँपालिका महासंघ बागमती प्रदेशद्वारा शुक्रबार आयोजित अन्तरक्रियामा उनले प्रदेश सरकारमा साना र टुक्रे योजनाको चाप अत्यधिक रहेकाले व्यवस्थापनमा समस्या भएको उल्लेख गरे।
मुख्यमन्त्री लामाका अनुसार वर्तमानमा प्रदेश सरकारमा १७ हजारभन्दा बढी योजनाको भार रहेको छ। बजेट सन्तुलन मिलाउन कठिनाइ भएको बताउँदै उनले आयोजना बैंक निर्माण गरी व्यवस्थित कार्यान्वयनको प्रक्रिया अघि बढाइएको जानकारी दिए।
कार्यक्रममा महासंघ अध्यक्ष कर्णबहादुर मगरले प्रदेश र स्थानीय तहबीच समन्वय, साना आयोजना स्थानीय तहमार्फत कार्यान्वयन, तथा कानुनी अस्पष्टता हटाउन आवश्यक सुझाव प्रस्तुत गरे। साथै, जनप्रतिनिधिको सेवा सुविधा, स्थानीय तहको विधायिकी अभ्यास तथा कार्यक्रम तर्जुमा सुधार गर्नुपर्नेमा पनि जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिल्ला समिति काठमाडौँले किन गर्यो वाईसीएलको सपथ ग्रहण कार्यक्रम बहिष्कार ?
-
भुटानमा मानव अधिकारको चरम उल्लङ्घन जारी : भुटान वाच
-
सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक : महेश बर्तौला
-
भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी छ : पाण्डे
-
यी हुन् वाईसीएलका नवनिर्वाचित ५२ पदाधिकारी
-
कैलालीमा ग्यास सिलिन्डर पड्किँदा एक जना घाइते