डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
सारांश
- हेटौँडालाई काठमाडौँसँग जोड्ने कान्ति लोकपथ वर्षाको कारण अवरुद्ध भएको छ।
- मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८, बगुवास्थित बागमती पुलको छेउमा ग्राभेल र माटो बगाएपछि सडक अवरुद्ध भएको हो।
- प्रहरीका अनुसार, डाइभर्सन बगाएपछि सवारी साधन आवतजावत बन्द भएको छ र तत्काल बाटो खुलाउने अवस्था छैन।
हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८, बगुवास्थित कान्तिलोकपथ सडक खण्डमा रहेको बागमती पुलको छेउमा भरिएको ग्राभेल र माटो वर्षाका कारण बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
शुक्रबार साँझ परेको वर्षाले मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ तर्फको डाइभर्सन बगाएको मकवानपुर प्रहरीले जनाएको छ । सवारी साधन अवातजावतका लागि बागमती खोलामा बनाएको डाइभर्सन बगाएपछि कान्ति लोकपथ अवरुद्ध भएको हो ।
बर्सातका कारण खोलामा पानीको बहाव अत्यधिक बढेपछि ग्राभेल र माटो बगाउदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक सुचारु गराउन सम्बन्धित निकायले प्रयास जारी राखेको भए पनि लगातारको वर्षाले तत्काल बाटो खुलाउने अवस्था नरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
उनले तत्कालका लागि कान्ति लोकपथ भएर चल्न सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण