डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध

समाचार सारांश
- हेटौँडालाई काठमाडौँसँग जोड्ने कान्ति लोकपथ वर्षाको कारण अवरुद्ध भएको छ।
- मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८, बगुवास्थित बागमती पुलको छेउमा ग्राभेल र माटो बगाएपछि सडक अवरुद्ध भएको हो।
- प्रहरीका अनुसार, डाइभर्सन बगाएपछि सवारी साधन आवतजावत बन्द भएको छ र तत्काल बाटो खुलाउने अवस्था छैन।
हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८, बगुवास्थित कान्तिलोकपथ सडक खण्डमा रहेको बागमती पुलको छेउमा भरिएको ग्राभेल र माटो वर्षाका कारण बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
शुक्रबार साँझ परेको वर्षाले मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ तर्फको डाइभर्सन बगाएको मकवानपुर प्रहरीले जनाएको छ । सवारी साधन अवातजावतका लागि बागमती खोलामा बनाएको डाइभर्सन बगाएपछि कान्ति लोकपथ अवरुद्ध भएको हो ।
बर्सातका कारण खोलामा पानीको बहाव अत्यधिक बढेपछि ग्राभेल र माटो बगाउदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक सुचारु गराउन सम्बन्धित निकायले प्रयास जारी राखेको भए पनि लगातारको वर्षाले तत्काल बाटो खुलाउने अवस्था नरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
उनले तत्कालका लागि कान्ति लोकपथ भएर चल्न सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कला र संस्कृतिलाई पर्यटनसँग जोड्न सके देशले महत्त्वपूर्ण फड्को मार्नेछ : अध्यक्ष दाहाल
-
बागमती प्रदेशमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट
-
जिल्ला समिति काठमाडौँले किन गर्यो वाईसीएलको सपथ ग्रहण कार्यक्रम बहिष्कार ?
-
भुटानमा मानव अधिकारको चरम उल्लङ्घन जारी : भुटान वाच
-
सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक : महेश बर्तौला
-
भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी छ : पाण्डे