लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
शनिबार, १० जेठ २०८२, ०७ : ३७
बुटवल । लुम्बिनी प्रदेश सभाको आठौँ बैठक आज (शनिबार) दिउँसो २ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार छैटौँ अधिवेशनको आठौँ बैठकमा विशेष समयमा विपक्षी दलका नेता तथा पूर्व मुख्यमन्त्री जोख बहादुर महराले सभामा बोल्ने कार्यसूची छ ।
त्यसपछि आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रममाथि भइरहेको छलफललाई सभामुख तुलाराम घर्ती मगरले निरन्तरता दिनेछन् । छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्यले दिने कार्यसूचीमा समावेश गरिएको छ ।
मुख्यमन्त्री आचार्यबाट नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने समेत कार्यसूचीमा समावेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण