डिभिलियर्सको सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बराबरी गरे फोर्डले
सारांश
- वेस्ट इन्डिजका म्याथ्यु फोर्डले आयरल्यान्डविरुद्धको खेलमा १६ बलमा अर्धशतक बनाउँदै एबी डिभिलियर्सको कीर्तिमान बराबरी गरे।
- फोर्डले १९ बलमा ५८ रन बनाए, जसमा दुई चौका र आठ छक्का सामेल थिए।
- फोर्डले एकदिवसीय क्रिकेटमा ५० वा सोभन्दा बढी रन बनाउँदा सर्वाधिक प्रतिशत रन बाउन्ड्रीबाट बनाएको कीर्तिमान पनि बनाए।
डब्लिन । वेस्ट इन्डिजका म्याथ्यु फोर्डले आयरल्यान्डविरुद्ध दोस्रो एकदिवसीय खेलमा १६ बलमा अर्धशतक बनाउँदै एबी डिभिलियर्सको सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बराबरी गरेका छन्।
डिभिलियर्सले सन् २०१५ मा जोहान्सबर्गमा वेस्टइन्डिजविरुद्ध ४४ बलमा १४९ रन बनाउँदा १६ बलमै अर्धशतक बनाएका थिए। एक समय फोर्ड १३ बलमा नै ४२ रनमा थिए ।
उनले डिभिलियर्सको कीर्तिमान तोड्ने सम्भावना थियो । तर, त्यसपछि बार्री म्याककार्थीको बलमा प्रहार गर्न खोज्दा असफल भए । तर त्यसपछिका दुई बलमा लगातार दुई छक्का हानेर उनले डिभिलियर्सको कीर्तिमानसँग बराबरी गरे।
फोर्डले १९ बलमा ५८ रन बनाए, जसमा दुई चौका र आठ छक्का थिए। यसको अर्थ ९६.५५ प्रतिशत रन बाउन्ड्रीमार्फत आएका थिए, जुन पुरुष एकदिवसीय क्रिकेटमा ५० वा सोभन्दा बढी रन बनाउँदा हालसम्मकै सबैभन्दा बढी प्रतिशत हो।
यसअघि आन्द्रे फ्लेचरले २००९ मा बासेटेरमा बंगलादेशविरुद्ध ५२ बलमा ५० रन बनाउँदा ९६.१५ प्रतिशत रन बाउन्ड्रीमार्फत ल्याएका थिए, जुन कीर्तिमान अहिले फोर्डले तोडेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धानबालीका लागि मलको अभाव हुँदैन, ९५ हजार मेट्रिक टन मौज्दात छ : मन्त्री चौधरी
-
प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष
-
मौद्रिक नीति सार्वजनिक गर्न पत्रकार सम्मेलन बोलाइयो
-
सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभावी पार्किङ (तस्बिरहरू)
-
‘अदालतजस्तो उजुरी मात्र पर्खेर नबसौं’
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण