फोटोफिचर
सोती हत्याकाण्ड : जेठ १० गतेलाई कालो दिनका रूपमा स्मरण गर्दै प्रदर्शन (तस्बिरहरू)
शनिबार, १० जेठ २०८२, १५ : ३९

समाचार सारांश
- दलितका लागि दलित अभियान नेपालले रुकुमको सोती हत्याकाण्डको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।
- शनिबार माइतीघरदेखि बबरमहलसम्म जातीय हिंसाविरुद्ध जनप्रदर्शन गरिएको थियो।
- जेठ १० गतेलाई उनीहरूले कालो दिनको रूपमा मनाउँछन्, जुन दिन रुकुम सोतीमा ६ जनाको हत्या भएको थियो।
काठमाडौँ । रुकुमको सोती हत्याकाण्ड सम्झिँदै दलितका लागि दलित अभियान नेपालले काठमाडौँमा प्रदर्शन गरेको छ । जातीय हिंसाविरुद्ध भन्दै उनीहरूले जनप्रदर्शन कार्यक्रम गरेका हुन् ।
शनिबार आयोजित सो र्याली माइतीघरदेखि बबरमहल आयोजना गरिएको थियो । ६ जनाको हत्या भएको दिन जेठ १० गतेलाई उनीहरूले कालो दिनको रूपमा मनाउने गरेका छन् ।
रुकुम पश्चिमको सोती गाउँमा ५ वर्षअघि अन्तर्जातीय प्रेम सम्बन्धको विषयलाई लिएर ६ जनाको हत्या भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे चार घण्टापछि बाटो खुल्दा काठमाडौँ भित्रिने र बाहिरिने गाडीहरूको लर्को (तस्बिरहरु)
-
यार्सा सङ्कलन गर्ने समूहबिच डोल्पामा झडप, २ राउन्ड हवाई फायर
-
कमल राणा : विशेष विवाह विधेयक प्रस्तुत गरिन्, जनमत नआउँदै संसद् भंग हुँदा दुखी भइन्
-
हामी समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रक्रियामा छौँ : प्रचण्ड
-
‘खलिल जिब्रानको द प्रोफेट मेरा निम्ति किताब मात्र होइन, मन्त्र पनि हो’
-
सहकारी अपचलनमा संलग्नलाई छुट दिइँदैन : मुख्यमन्त्री कार्की