गभर्नरको रेसमा रहेका श्रेष्ठले राष्ट्र बैंकबाट पाए अवकाश, राजीनामाबारे यस्तो प्रस्टोक्ति

समाचार सारांश
- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ उमेर हदका कारण अवकाशमा गएका छन्। उनी राष्ट्र बैंकमा २७ वर्ष सेवा गरेर गएका हुन्।
- श्रेष्ठले गभर्नरको लागि राजीनामा दिए पनि आवश्यक नपरेपछि त्यो निष्क्रिय भयो र हाल कामु गभर्नरले अस्वीकार गरेको कुरा गलत भएको बताए।
- अवकाशपछि श्रेष्ठले सार्वजनिक सेवामा रही देशलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे र उनले शैक्षिक, बौद्धिक, सामाजिक र व्यावसायिक क्षेत्रमा काम गर्ने बताए।
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले अनिवार्य अवकाश पाएका छन् । हाल राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका श्रेष्ठ शनिबारदेखि उमेर हदको कारण अनिवार्य अवकाशमा गएका हुन् ।
राष्ट्र बैंकमा आम कर्मचारीलाई ३० वर्षे, निर्देशक तहका कर्मचारीलाई १२ वर्षे, कार्यकारी निर्देशकलाई ७ वर्षे सेवा अवधि तोकिएको छ । त्यस्तै, उमेरहद ५८ वर्षमा समेत अनिवार्य अवकाश पाउने व्यवस्था छ । श्रेष्ठ २७ वर्ष राष्ट्र बैंकमा बिताएर अवकाश भएका हुन् ।
यो अवधिमा उनले राष्ट्र बैंकबाट उच्च अध्ययन, मौद्रिक नीति र केन्द्रीय बैंक सम्बन्धमा तालिम गोष्ठीमा सहभागी हुने अवसर दिलाएको उल्लेख गरे । छात्रवृत्तिमा उच्च अध्ययन गर्न जाँदा पनि केन्द्रीय बैंकलाई काम लाग्ने समष्टिगत, मौद्रिक र वित्तीय अर्थशास्त्रका विषयमा बढी अध्ययन गरिएको उनले बताए ।
राजीनामाबारे यस्तो प्रस्टोक्ति
उनले सरकारले गभर्नरको लागि आफूलाई आवश्यक ठानेमा कानुनी र व्यावहारिक समस्या नरहोस् भनेर समयमा राजीनामा दर्ता गराएको तर, आवश्यक नपर्ने बुझिए पछि राजीनामा निष्क्रिय भएको प्रस्टोक्ति दिए । कामु गभर्नरले आफ्नो राजीनामा अस्वीकृत गरेको भन्ने दाबी सत्य नरहेको उनको भनाइ छ । उनले नवनियुक्त गभर्नर सक्षम व्यक्ति भएको समेत बताए ।
आफू अझै सार्वजनिक सेवामा रहेको र यो अवधिमा आफ्नो बुद्धि र विवेकले भ्याएसम्म संस्थाको जिम्मेवारी निर्वाहको भूमिका खेलिरहेको बताए । सार्वजनिक सेवामा नरहे पनि शैक्षिक, बौद्धिक, सामाजिक, व्यावसायिक काम गरेर देशलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने उनले बताए । श्रेष्ठले भने, 'खुला आकाशमा विचरणको पनि मजै आउनेछ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियु अपडेटः खुल्ला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश
-
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश
-
अपडेट: कडरियालाई उछिन्दै पौडेलले बनाए अग्रता