प्रक्षेपणको क्रममा युद्धपोत भाँचिएको मामिलामा उत्तर कोरियामा तीन अधिकारी पक्राउ
प्योङयाङ । उत्तर कोरियाले प्रक्षेपणको क्रममा नयाँ युद्धपोत दुर्घटना भएको मामिलामा तीन शिपयार्ड अधिकारीहरूलाई पक्राउ गरेको छ । यो जानकारी उत्तर कोरियाको सरकारी मिडियाले दिएको भन्दै बीबीसीले समाचार छापेको छ ।
लगभग पाँच हजार टन तौल भएको यो जहाजको तल्लो भाग प्रक्षेपणको क्रममा भाँचिएको थियो । यसका कारण युद्धपोतको सन्तुलन बिग्रियो ।
युद्धपोतको प्रक्षेपणको क्रममा भएको घटनाको अनुसन्धान सुरु भएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले सम्पूर्ण घटनालाई आपराधिक कार्य भनेका थिए । उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएले पक्राउ परेकाहरूमा उत्तर कोरियाको चोङजिन शिपयार्डका प्रमुख इन्जिनियरको रूपमा पहिचान गरेको छ ।
यो युद्धपोत चोङजिन शिपयार्डमा नै निर्माण गरिएको थियो। यसबाहेक, यस शिपयार्डका निर्माण प्रमुख र एक प्रशासनिक प्रबन्धकलाई पनि हिरासतमा लिइएको छ । राज्यद्वारा सञ्चालित मिडिया रिपोर्टका अनुसार यी तीन जना दुर्घटनाको लागि जिम्मेवार थिए ।
स्याटेलाइट तस्बिरहरूले युद्धपोतको केही हिस्सा जमिनमा र केही हिस्सा पानीमा पल्टिएको अनि यसलाई ठुला नीलो त्रिपालले ढाकिएको देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण