प्रक्षेपणको क्रममा युद्धपोत भाँचिएको मामिलामा उत्तर कोरियामा तीन अधिकारी पक्राउ

प्योङयाङ । उत्तर कोरियाले प्रक्षेपणको क्रममा नयाँ युद्धपोत दुर्घटना भएको मामिलामा तीन शिपयार्ड अधिकारीहरूलाई पक्राउ गरेको छ । यो जानकारी उत्तर कोरियाको सरकारी मिडियाले दिएको भन्दै बीबीसीले समाचार छापेको छ ।
लगभग पाँच हजार टन तौल भएको यो जहाजको तल्लो भाग प्रक्षेपणको क्रममा भाँचिएको थियो । यसका कारण युद्धपोतको सन्तुलन बिग्रियो ।
युद्धपोतको प्रक्षेपणको क्रममा भएको घटनाको अनुसन्धान सुरु भएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले सम्पूर्ण घटनालाई आपराधिक कार्य भनेका थिए । उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएले पक्राउ परेकाहरूमा उत्तर कोरियाको चोङजिन शिपयार्डका प्रमुख इन्जिनियरको रूपमा पहिचान गरेको छ ।
यो युद्धपोत चोङजिन शिपयार्डमा नै निर्माण गरिएको थियो। यसबाहेक, यस शिपयार्डका निर्माण प्रमुख र एक प्रशासनिक प्रबन्धकलाई पनि हिरासतमा लिइएको छ । राज्यद्वारा सञ्चालित मिडिया रिपोर्टका अनुसार यी तीन जना दुर्घटनाको लागि जिम्मेवार थिए ।
स्याटेलाइट तस्बिरहरूले युद्धपोतको केही हिस्सा जमिनमा र केही हिस्सा पानीमा पल्टिएको अनि यसलाई ठुला नीलो त्रिपालले ढाकिएको देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ
-
शिक्षकहरूसँग भएका सहमति विधेयकमा समावेश गरिनुपर्छ : सांसद पौडेल
-
गृहमन्त्री र पर्यटनमन्त्रीलाई बर्खास्त गर्न देउवालाई कांग्रेस सांसद् बजगाईको पत्र
-
विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि अभियानकै रूपमा स्वयंसेवक खटाउँछौ : कार्यकारी निर्देशक भट्ट
-
ओलीको कटाक्ष : ‘प्रचण्डको स्वर हेर्नुस् त, भ्रष्टाचारविरुद्ध बुरुक बुरुक !’
-
रवि लामिछानेको मुद्दामा ‘आदेश’ को ठाउँमा फैसला लेखिएपछि संशोधन गरिँदै