युक्रेनमा रुसी आक्रमण : आठ जनाको मृत्यु
सारांश
- शनिबार राति रुसले गरेको आक्रमणमा परी युक्रेनमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। पश्चिमी क्षेत्रमा चार, किभ क्षेत्रमा तीन र माइक्लेभामा एक जनाको मृत्यु भएको बताइएको छ।
- रुसी रक्षा मन्त्रालयका अनुसार, युक्रेनले पठाएका ९५ वटा ड्रोनलाई खसालिएको वा रोकिएको छ। मस्कोका विमानस्थलमा हवाई उडानसमेत रोक्नुपरेको थियो।
- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेका थिए। हाल रुसको कब्जामा युक्रेनको २० प्रतिशत भूभाग छ, जसमा क्रिमिया पनि समावेश छ।
किभ । रुसले शनिबार रातभर गरेको आक्रमणमा परेर युक्रेनमा कम्तीमा पनि आठ जनाको मृत्यु भएको छ । क्षेत्रीय अधिकारीहरू यसको पुष्टि गरेको भन्दै बीबीसीले समाचार छापेको छ । युक्रेनको पश्चिम ख्मेल्नेत्स्की क्षेत्रमा चार जनाको मृत्यु भएको भनिएको छ ।
अन्य तीन जनाको किभ क्षेत्र र एक जनाको दक्षिण सहर माइक्लेभामा मृत्यु भएको बताइएको छ । रुसले आक्रमण सुरु गरेयता युक्रेनमा अहिलेसम्मकै सबैभन्दा भारी आक्रमण गरेको एक दिनपछि यो खबर आएको हो ।
आफ्नो रक्षा एकाइले शनिबार राति चार घण्टाको अवधिमा कयौँ रुसी क्षेत्रको आकाशबाट ९५ वटा युक्रेनी ड्रोन खसालेकाे र रोकेको रुसको रक्षा मन्त्रालयले भनेको छ । यस क्रममा कोही हताहत नभएको भनिएको छ । यी ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थलमा हवाई उडान रोक्न रुस बाध्य भएको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण सुरु गरेका थिए । यतिबेला मस्कोको कब्जामा युक्रेनको २० प्रतिशत भू-भाग छ । यसमा २०१४ मा उसले कब्जामा लिएको क्रिमियासमेत पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण