युक्रेनमा रुसी आक्रमण : आठ जनाको मृत्यु

समाचार सारांश
- शनिबार राति रुसले गरेको आक्रमणमा परी युक्रेनमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। पश्चिमी क्षेत्रमा चार, किभ क्षेत्रमा तीन र माइक्लेभामा एक जनाको मृत्यु भएको बताइएको छ।
- रुसी रक्षा मन्त्रालयका अनुसार, युक्रेनले पठाएका ९५ वटा ड्रोनलाई खसालिएको वा रोकिएको छ। मस्कोका विमानस्थलमा हवाई उडानसमेत रोक्नुपरेको थियो।
- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेका थिए। हाल रुसको कब्जामा युक्रेनको २० प्रतिशत भूभाग छ, जसमा क्रिमिया पनि समावेश छ।
किभ । रुसले शनिबार रातभर गरेको आक्रमणमा परेर युक्रेनमा कम्तीमा पनि आठ जनाको मृत्यु भएको छ । क्षेत्रीय अधिकारीहरू यसको पुष्टि गरेको भन्दै बीबीसीले समाचार छापेको छ । युक्रेनको पश्चिम ख्मेल्नेत्स्की क्षेत्रमा चार जनाको मृत्यु भएको भनिएको छ ।
अन्य तीन जनाको किभ क्षेत्र र एक जनाको दक्षिण सहर माइक्लेभामा मृत्यु भएको बताइएको छ । रुसले आक्रमण सुरु गरेयता युक्रेनमा अहिलेसम्मकै सबैभन्दा भारी आक्रमण गरेको एक दिनपछि यो खबर आएको हो ।
आफ्नो रक्षा एकाइले शनिबार राति चार घण्टाको अवधिमा कयौँ रुसी क्षेत्रको आकाशबाट ९५ वटा युक्रेनी ड्रोन खसालेकाे र रोकेको रुसको रक्षा मन्त्रालयले भनेको छ । यस क्रममा कोही हताहत नभएको भनिएको छ । यी ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थलमा हवाई उडान रोक्न रुस बाध्य भएको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण सुरु गरेका थिए । यतिबेला मस्कोको कब्जामा युक्रेनको २० प्रतिशत भू-भाग छ । यसमा २०१४ मा उसले कब्जामा लिएको क्रिमियासमेत पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु बैंक र इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट सम्बन्धी सम्झौता
-
बागमतीका मेयर–उपमेयर विरुद्धको मुद्दा हेर्न नमिल्नेमा
-
बैँकिङ प्रणालीबाट राष्ट्र बैँकले ३० अर्ब निक्षेप उठाउँदै
-
अठारौँ गणतन्त्र दिवस : राष्ट्रिय समाचार समितिमा हिमालका तस्बिर प्रदर्शनी
-
शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु
-
राष्ट्रिय सरकार बनाएर संविधान संशोधनमा जाउँ : कृष्ण पहाडी