आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

साँगामा सडक विस्तारका क्रममा पहिरो खस्दा मजदुर घाइते

आइतबार, ११ जेठ २०८२, १३ : ४१
आइतबार, ११ जेठ २०८२

भक्तपुर । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–साँगा खण्डमा सुक्खा पहिलो खस्दा आज एक जना मजदुर घाइते भएका छन् । भक्तपुरको जगाति–साँगा खण्ड र साँगा–धुलिखेल खण्डमा भइरहेको सडक विस्तारका क्रममा अत्यन्तै जोखिमस्थलका रूपमा रहेको सूयविनायक नगरपालिका–१० साँगाको झोलुङ्गे पुलमुनि सुक्खा पहिरो खस्दा सडक विस्तारको काम गरिरहेका मजदुर पुरिएर घाइते भएका हुन् ।

बर्दियाको वारबर्दिया नगरपालिका–५ घर भई हाल सूर्यविनायक–९ पलासेँ बस्दै आएका ५२ वर्षीय तुलारा थारू घाइते भएका जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घाइतेको तत्कालै उद्धार गरी उपचारका लागि सूर्यविनायक नगर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सडक निर्माणमा भएको ढिलाइ, साँझपख भक्तपुरको पलासेँ खण्डमाथिबाट पहिरो झर्ने, सडक तल ठुलो भिर रहेकाले मजदुरले जोखिम मोलेर काम गर्ने र यात्रीले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप