जतिबेला कुलमान घिसिङको लोकप्रियताले शिखर चढिरहेको थियो, त्यही बेला माओवादीकै सांसदले संसदीय समितिमा कुलमानले केही काम गलत गरिरहेको अभिव्यक्ति दिए । जबाफमा कुलमानले ट्रान्समिसन लाइन तान्न खोज्दासमेत केही सांसदले पैसा मागेको आरोप लगाए ।
चर्चामै नभएको ललिता निवास जग्गा प्रकरण एकाएक संसदमा उठ्यो । व्यवसायीले उद्योगमा विद्युत् प्रयोग गरे तर महसुल बुझाएनन् । त्यो तुरुन्त उठाउँभन्दा कुलमान रिसाएका पनि थिए कुनै बेला ।
निजामती कर्मचारीदेखि राष्ट्रपतिसम्मले ५० लाखभन्दा माथि मूल्य पर्ने गाडी चढ्न नपाउने विषयले पनि संसद र समितिमा चर्चा बटुल्यो । अहिले लेखा समिति बैठकमा समिति सदस्यहरूबिच हात हालाहाल नै हुन्छ कि भन्नेजसरी बहस हुने गरेका छन् ।
माथि उल्लेखित विषयहरूमा एउटा साझा नाम भेटिन्छ– अमनलाल मोदीको ।
नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले संसदमा यस्ता विषयलाई खरो रूपमा राख्ने गरेका छन् । उनी पोखरा विमानस्थल संसदीय छानबिन उपसमिति सदस्यसमेत छन् ।
सांसद मोदीसँग यिनै विविध विषयमा रातोपाटीका रोहित दाहालले कुराकानी गरेका छन् । उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले माओवादी सांसदका कुराहरू सहँदैसहनु हुन्न । हामी बोल्न थाल्यो कि उहाँलाई पीडा भइहाल्छ ।
सहनै नसक्ने गरी, पीडा हुने गरी बोल्नुहुन्छ, अनि पीडा हुँदैन त ?
हिजो सबै पार्टीले गरेका गल्ती नदोहोर्याऔँ । अब लेखा समिति प्रतिपक्षलाई दिऔँ । सार्वजनिक लेखा समिति सरकारको छाया बन्नुहुँदैन भनिरहेका छौँ । स्वयं सभापतिमाथि प्रश्न उठ्यो । राजीनामा मागियो । अनि उहाँलाई पीडा त भइहाल्छ नि ।
उहाँ माओवादीलाई त देखिसहनु हुन्न ।
श्रीमती त देखाउने कुरा हो । भित्री रूपमा उहाँकै संलग्नता छ भन्ने आइरहेको छ । छानबिन होस् भन्ने कुरा त हो नि ।
विमानस्थलको निकै ढिलो गरी पठाइयो । पतञ्जली जग्गा प्रकरणमा अख्तियारले कारबाही प्रक्रिया अघि बढाइसकेपछि पठाउनुभयो । त्यसमा पनि माधव नेपाल जोडिएकाले पठाउनुभएको हो । त्यहाँ एमालेका कोही देखिएका भए के पठाउनुहन्थ्यो !
कानुनले त त्यही देखिन्छ । २ अर्ब २२ करोड त महालेखा परीक्षकको प्रतिवेदनले नै बेरुजु देखाएको छ त ।
कुन पार्टीका सदस्यले असहमति राखेका छन् हेर्नु न । प्रधानमन्त्री एमाले, लेखा समिति सभापति एमाले अनि फरक मत राख्ने पनि एमालेकै सांसद, अब बुझ्नुस् ।
कांग्रेस, एमाले, माओवादी सबै पर्छन् ।
राम्रो काम गरेकोमा त्यो बेलाको मन्त्रिपरिषद्बाट धन्यवाद पाउने म नै पहिलो मन्त्री हो ।
दसैँ, तिहार वा चाडबाड आउँछ । मन मिल्ने साथीभाइ, व्यापारी, व्यवसायीसँग मागेर, खोजेर, ऋण खोजेर भए पनि दिने गरेको छु ।
अंगुरको दाना र बकैनाको दाना छुट्ट्याउन नसक्ने अवस्थामा माओवादी आन्दोलनमा लागेको मान्छे म । प्रचण्डले क्रान्ति नगरिदिनुभएको थियो भने यो सामान्य थारुको छोरो मन्त्री, सांसद कहाँबाट हुन्थ्यो ? त्यो श्रेय प्रचण्डलाई दिन्छु ।
तपाईंलाई आफ्ना छोराछोरी, ज्वाइँ प्यारो लाग्दैन ?
कुनै बेला डेडिकेटेड र ट्रंक लाइनको पैसा उठाउँ भन्दा कुलमान पूरा रिसाउनुभयो । अहिले कुलमानजी पनि मेरै लाइनमा आउनुभयो त ।
त्यही बेला मुख्यमन्त्रीको कार्यालयमा हात मिलाएर मबाट गल्ती भएछ भनेर मसँग माफी माग्नुभयो ।
संसद बसेको छैन । समिति बसेको छैन । मिडियामा बोलेकै छौँ । संसद बैठक बसेपछि हेर्नु न के गर्छौं !
प्रतिक्रिया