दुर्गा प्रसाईंको बयान : तीनकुनेमा आगजनी गर्न निर्देशन दिएको थिइनँ
सारांश
- तीनकुने घटनामा दुर्गा प्रसाईं सहित ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ। ४ जना बालबालिकाविरुद्ध बाल अदालत भक्तपुरमा मुद्दा दर्ता हुँदैछ।
- प्रसाईंले पत्रकार सुरेश रजकको हत्यामा संलग्नता अस्वीकार गर्दै घटनामा सन्तोष सिलवालको समूहलाई दोष दिएका छन्, जसले भिडलाई उत्तेजित पारेको आरोप छ।
- प्रसाईंले आफू कार्यक्रम स्थलबाट हिँडेपछि मात्र तोडफोड र आगजनी भएको दाबी गरेका छन् ।
काठमाडौँ । तीनकुने घटनामा दुर्गा प्रसाईं सहित ६१ जना विरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ । ४ जना बालबालिका विरुद्ध बाल अदालत भक्तपुरमा अभियोग दर्ता हुँदै छ । प्रसाईंलाई पत्रकार सुरेश रजकको हत्यामा संलग्न कसुरमा पनि प्रतिवादी कायम गरिएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले तीनकुनेमा भिडलाई आपराधीक काम गर्न उक्साउने र तोडफोड गर्न लगाउने व्यक्ति सन्तोष सिलवाल ‘राजावादी’ हुनुपर्ने बयान दिएका छन् । बयानमा उनले भनेका छन्, ‘हुलभीडको समूहलाई आपराधिक कार्य गर्न उक्साउने र तोडफोड गर्न लगाउने मानिस सन्तोष सिलवाल र निजको समूह हुनुपर्छ ।’
प्रदर्शनकारीले आगजनी गरेपछि मृत्यु भएका पत्रकार सुरेश रजकलाई आफूले नचिनेको प्रसाईंले बताएका छन् । बयानमा उनले भनेका छन्, ‘मैंले कसैलाई पनि उत्तेजित बनाई तोडफोड तथा आगजनी गर्नको लागी निर्देशन दिएको पनि थिएन ।’
आफू कार्यक्रम स्थलमा रहुन्जेलसम्म तोडफोड र आगजनी नभएको प्रसाईंले जिकिर गरेका छन् । उनले भनेका छन्, ‘म सुरक्षित स्थलतर्फ हिँडेपछि सामाजिक सञ्जालमा पोष्ट भएको भिडियोहरू हेर्दा रवीन्द्र मिश्र र डा. धवल शमशेर समेतको नेतृत्वमा संसद् कब्जा गर्ने भनी हुलभिडको समूहलाई लिई बानेश्वरतर्फ जाँदा प्रहरीसँग झडप भएपछि उत्तेजित समूहले तोडफोड तथा आगजनी गरेको जस्तो देखिन्छ ।’




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण