आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
तीनकुने घटना

दुर्गा प्रसाईंको बयान : तीनकुनेमा आगजनी गर्न निर्देशन दिएको थिइनँ

आइतबार, ११ जेठ २०८२, १८ : १९
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • तीनकुने घटनामा दुर्गा प्रसाईं सहित ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ। ४ जना बालबालिकाविरुद्ध बाल अदालत भक्तपुरमा मुद्दा दर्ता हुँदैछ।
  • प्रसाईंले पत्रकार सुरेश रजकको हत्यामा संलग्नता अस्वीकार गर्दै घटनामा सन्तोष सिलवालको समूहलाई दोष दिएका छन्, जसले भिडलाई उत्तेजित पारेको आरोप छ।
  • प्रसाईंले आफू कार्यक्रम स्थलबाट हिँडेपछि मात्र तोडफोड र आगजनी भएको दाबी गरेका छन् ।

काठमाडौँ । तीनकुने घटनामा दुर्गा प्रसाईं सहित ६१ जना विरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ । ४ जना बालबालिका विरुद्ध बाल अदालत भक्तपुरमा अभियोग दर्ता हुँदै छ । प्रसाईंलाई पत्रकार सुरेश रजकको हत्यामा संलग्न कसुरमा पनि प्रतिवादी कायम गरिएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले तीनकुनेमा भिडलाई आपराधीक काम गर्न उक्साउने र तोडफोड गर्न लगाउने व्यक्ति सन्तोष सिलवाल ‘राजावादी’ हुनुपर्ने बयान दिएका छन् । बयानमा उनले भनेका छन्, ‘हुलभीडको समूहलाई आपराधिक कार्य गर्न उक्साउने र तोडफोड गर्न लगाउने मानिस सन्तोष सिलवाल र निजको समूह हुनुपर्छ ।’

प्रदर्शनकारीले आगजनी गरेपछि मृत्यु भएका पत्रकार सुरेश रजकलाई आफूले नचिनेको प्रसाईंले बताएका छन् । बयानमा उनले भनेका छन्, ‘मैंले कसैलाई पनि उत्तेजित बनाई तोडफोड तथा आगजनी गर्नको लागी निर्देशन दिएको पनि थिएन ।’

आफू कार्यक्रम स्थलमा रहुन्जेलसम्म तोडफोड र आगजनी नभएको प्रसाईंले जिकिर गरेका छन् । उनले भनेका छन्, ‘म सुरक्षित स्थलतर्फ हिँडेपछि सामाजिक सञ्जालमा पोष्ट भएको भिडियोहरू हेर्दा रवीन्द्र मिश्र र डा. धवल शमशेर समेतको नेतृत्वमा संसद् कब्जा गर्ने भनी हुलभिडको समूहलाई लिई बानेश्वरतर्फ जाँदा प्रहरीसँग झडप भएपछि उत्तेजित समूहले तोडफोड तथा आगजनी गरेको जस्तो देखिन्छ ।’ 

durga 1durga 2durga 3durga 4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप