न्यूजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै
आइतबार, ११ जेठ २०८२, १८ : २५

काठमाडौँ । न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्सटन पिटर्सले २८–२९ मेमा नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएअनुसार, उपप्रधानमन्त्री पिटर्सको यो भ्रमण नेपालका लागि पहिलो हो ।
भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्। साथै, परराष्ट्रमन्त्री डा. अरुज राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
परराष्ट्र मन्त्रालयले यो भ्रमणले नेपाल–न्यूजिल्याण्डबीचको सम्बन्ध विस्तार र द्विपक्षीय सहकार्यमा थप प्रगति हुने विश्वास व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताविरुद्ध हैदराबादको कीर्तिमानी रन वर्षा
-
अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)
-
रास्वपा केन्द्रीय समिति बैठक : सुमना श्रेष्ठ र अनिलकेशरी शाहको राजीनामा स्वीकृत
-
गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरूपमा मनाउन प्रधानमन्त्रीको आग्रह
-
कांग्रेस र एमालेको निष्कर्ष : गृहमन्त्रीमाथिको प्रहार जायज छैन
-
वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडकमा कालोपत्रेकाे काम सुरू