आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

आइतबार, ११ जेठ २०८२, १४ : ३५
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा सगरमाथा आरोहण गरेपछि विशेष बढुवाबाट सम्मानित भइन्।
  • प्रहरी महानिरीक्षक दीपक थापाले शेर्पालाई दर्ज्यानी चिन्ह प्रदान गरे, जसले संगठनको गौरव बढाएकोमा प्रशंसा गरे।
  • शेर्पाले सगरमाथामा नेपालको झण्डा र प्रहरी झण्डा फहराइन्, महिला हिंसा विरुद्धको सन्देश दिँदै।

काठमाडौँ । प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा विशेष बढुवा भएकी प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएकी छन् ।  प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालयमा गत जेठ ६ गते बसेको नीति निर्माण समिति (पीसीसी) बैठकले उनलाई सुशोभित गर्ने निर्णय गरेको थियो । 

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सङ्गठनको गौरव बढाउन सफल शेर्पालाई नीति निर्माण समिति बैठकको निर्णयले विशेष बढुवा प्रदान गरी प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।  

प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबिच प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । 

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले अदम्य साहसका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी प्रहरी सङ्गठनको श्रीवृद्धिको लागि गरेको कार्यको उच्च प्रशंसा गरे । पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा बढ्दै जाने चर्चा गर्दै आगामी दिनमा थप हौसला र लगनशीलताका साथ कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।

नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८–५६ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा, नेपाल प्रहरीको झन्डा तथा महिला र बालिकाहरू विरुद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौं भन्ने नारा सहितको ब्यानर फहराउन सफल भएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप