विद्युत प्राधिकरणले किन सार्वजनिक गर्यो ८० जना उपभोक्ताहरूको नामावली ?
सारांश
- नेपाल विद्युत प्राधिकरणले अत्याधिक विद्युत खपत र नियमित भुक्तानीका आधारमा महत्त्वपूर्ण उपभोक्ताको नामावली सार्वजनिक गरेको छ।
- प्राधिकरणले देशभरका ८० जना ग्राहकको नाम सार्वजनिक गरेको छ, जसमा प्रदेश र केन्द्र स्तरका ग्राहकहरू छन्।
- छनौट भएका ग्राहकलाई उच्च प्राथमिकतामा सेवा दिइने र सम्मान गरिने प्राधिकरणको भनाइ छ।
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले महत्त्वपूर्ण र अत्यन्त महत्त्वपूर्ण उउपभोक्ताहरूको नामावली सार्वजनिक गरेको छ ।आइतबार प्राधिकरणले अत्याधिक विद्युत खपत तथा नियमित महसुल भुक्तानीलाई आधार बनाई केन्द्र र प्रदेश स्तरका महत्त्वपूर्ण र अत्यन्त महत्त्वपूर्ण उपभोक्ताहरूको नामावली सार्वजनिक गरेको हो ।
प्रत्येक प्रादेशिक कार्यालयबाट दश ग्राहकको दरले ७० तथा देशभरिबाट १० गरी कूल ८० जना ग्राहकहरुको नामावली आफ्नो वेवसाइटमा सार्वजनिक गरेको हो ।
छनौट भएका ग्राहकहरूलाई उच्च प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने प्राधिकरणले जनाएको छ । छनौट भएका प्रदेश स्तरका ग्राहकहरूलाई प्रदेशमा र केन्द्र स्तरका ग्राहकहरूलाई केन्द्रमा कार्यक्रम राखी सम्मान गरिने प्राधिकरणले जनाएको छ ।
ग्राहकलाई प्रदान गर्ने सेवालाई छिटो छरितो, चुस्त भरपर्दो बनाउने र ग्राहक सेवालाई मुलमन्त्र मानेर कार्य गर्ने उद्धेश्य अनुसार उक्त कार्यको थालनी गरिएको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण