विद्युत प्राधिकरणले किन सार्वजनिक गर्यो ८० जना उपभोक्ताहरूको नामावली ?

समाचार सारांश
- नेपाल विद्युत प्राधिकरणले अत्याधिक विद्युत खपत र नियमित भुक्तानीका आधारमा महत्त्वपूर्ण उपभोक्ताको नामावली सार्वजनिक गरेको छ।
- प्राधिकरणले देशभरका ८० जना ग्राहकको नाम सार्वजनिक गरेको छ, जसमा प्रदेश र केन्द्र स्तरका ग्राहकहरू छन्।
- छनौट भएका ग्राहकलाई उच्च प्राथमिकतामा सेवा दिइने र सम्मान गरिने प्राधिकरणको भनाइ छ।
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले महत्त्वपूर्ण र अत्यन्त महत्त्वपूर्ण उउपभोक्ताहरूको नामावली सार्वजनिक गरेको छ ।आइतबार प्राधिकरणले अत्याधिक विद्युत खपत तथा नियमित महसुल भुक्तानीलाई आधार बनाई केन्द्र र प्रदेश स्तरका महत्त्वपूर्ण र अत्यन्त महत्त्वपूर्ण उपभोक्ताहरूको नामावली सार्वजनिक गरेको हो ।
प्रत्येक प्रादेशिक कार्यालयबाट दश ग्राहकको दरले ७० तथा देशभरिबाट १० गरी कूल ८० जना ग्राहकहरुको नामावली आफ्नो वेवसाइटमा सार्वजनिक गरेको हो ।
छनौट भएका ग्राहकहरूलाई उच्च प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने प्राधिकरणले जनाएको छ । छनौट भएका प्रदेश स्तरका ग्राहकहरूलाई प्रदेशमा र केन्द्र स्तरका ग्राहकहरूलाई केन्द्रमा कार्यक्रम राखी सम्मान गरिने प्राधिकरणले जनाएको छ ।
ग्राहकलाई प्रदान गर्ने सेवालाई छिटो छरितो, चुस्त भरपर्दो बनाउने र ग्राहक सेवालाई मुलमन्त्र मानेर कार्य गर्ने उद्धेश्य अनुसार उक्त कार्यको थालनी गरिएको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमि विधेयकमा सत्तारुढ र सत्ता समर्थित दलकै संशोधन
-
सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेताहरूबिच छलफल
-
पैँयुको झ्याङबाट झ्याउँकिरी सङ्गीत, प्रेमको पर्खाइमा सहादत
-
तीनकुने प्रकरणमा दुर्गा प्रसाईंसहित ८ जना ज्यान मुद्दामा प्रतिवादी कायम
-
सोमबार बिहान माओवादी पदाधिकारी बैठक बस्ने
-
लालु यादवले छोरालाई किन निकाले पार्टीबाट ?