अपडेट
तीनकुने घटना : ६५ जनाविरुद्ध मुद्दा चल्ने, ११ जना फरार
जिल्ला अदालतमा पुग्यो अभियोग पत्र
आइतबार, ११ जेठ २०८२, १६ : २२
सारांश
- चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा ६५ जना विरुद्ध मुद्दा चलाइने भएको छ।
- काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले ६५ जनालाई प्रतिवादी कायम गर्दै अभियोग पत्र अदालतमा पेश गरेको छ।
काठमाडौँ । तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूमध्ये ६५ जनाविरुद्ध अभियोजन गर्ने निर्णय गरिएको छ ।
६५ जनालाई प्रतिवादी कायम गर्ने निर्णय गरिएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले रातोपाटीलाई बताए ।
सरकारी वकिल कार्यालयले अभियोग पत्र काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ । अभियोग पत्र दर्ता हुने प्रक्रियामा छ । ११ जनालाई फरार प्रतिवादी कायम गरिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं समेत ६५ जनालाई प्रतिवादी कायम गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई पनि प्रतिवादी कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण