आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

तीनकुने घटना  : ६५ जनाविरुद्ध मुद्दा चल्ने, ११ जना फरार

जिल्ला अदालतमा पुग्यो अभियोग पत्र
आइतबार, ११ जेठ २०८२, १६ : २२
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा ६५ जना विरुद्ध मुद्दा चलाइने भएको छ।
  • काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले ६५ जनालाई प्रतिवादी कायम गर्दै अभियोग पत्र अदालतमा पेश गरेको छ।

काठमाडौँ । तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूमध्ये ६५ जनाविरुद्ध अभियोजन गर्ने निर्णय गरिएको छ ।

 ६५ जनालाई प्रतिवादी कायम गर्ने निर्णय गरिएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले रातोपाटीलाई बताए ।

सरकारी वकिल कार्यालयले अभियोग पत्र काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ । अभियोग पत्र दर्ता हुने प्रक्रियामा छ । ११ जनालाई फरार प्रतिवादी कायम गरिएको छ । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईं समेत ६५ जनालाई प्रतिवादी कायम गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई पनि प्रतिवादी कायम गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप